बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरामा निषेध आदेश पालना नभएको गुनासो, बढ्दै संक्रमण

पोखरामा निषेध आदेश पालना नभएको गुनासो, बढ्दै संक्रमण

कास्कीका सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ। तर सहरमा निषेध आदेशको असर परेको छैन। सडकमा भीडभाड कम कम नभएको र स्वास्थ्य सुरक्षा मापदण्ड पालना/कार्यान्वयन पनि नभएको पोखरा न्युरोडमा भेटिएका एक युवाले गरेका छन्। 
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

पोखरा- जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबारदेखि लागू हुने गरी निषेध आदेश जारी गरेको छ। कोरोना संक्रमणको जोखिम कम गर्न निषेध आदेश जारी गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको अपिलमा पनि प्रदेश राजधानी कास्कीलाई उच्च जोखिममा राखेको छ। 

कास्कीका सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ। तर सहरमा निषेध आदेशको असर परेको छैन। सडकमा भीडभाड कम कम नभएको र स्वास्थ्य सुरक्षा मापदण्ड पालना/कार्यान्वयन पनि नभएको पोखरा न्युरोडमा भेटिएका एक युवाले गरेका छन्। 

प्रशासनले जोरबिजोर प्रणालीमा सवारी साधन चलाउन आदेश जारी गरेपनि दुवैथरिका नम्बर प्लेट भएका सवारी सदाझैँ निर्बाध चलिरहेका छन्। रेस्टुरेन्टमा ‘टेक अवे सेवा’ गर्नुपर्ने नियम भएपनि नागरिकहरु भित्रै छिरेर खान पिउन छोडेका छैनन्। प्रहरीको सिठ्ठी सुन्ने बित्तिकै सटर तान्ने र प्रहरीको आँखा छलिएपछि सटर खोल्ने लुकामारी जस्तो चलिरहेको छ। 

‘यस्तो पनि निषेधाज्ञा हुन्छ?’ पोखराको न्यूरोडमा भेटिएका राजन शर्माले भने। ‘मानिसहरु अन्य समय झैं निर्बाध र निर्धक्क हिँडिरहेका छन्। मुखमा मास्क त छ तर आफू/अरूलाई सुरक्षा दिने गरीभन्दा पनि प्रहरीलाई देखाउन मात्रै झुन्ड्याएको भान हुन्छ।‘

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवाष हमालले भने पहिलेभन्दा अनुगमन तीव्र पारिएको दाबी गर्छन्। ‘प्रशासनले दिएका आदेश अनुसार सबै बन्द छन्,’ उनले भने, ‘अझै पनि अटेरी गरेर समूह बनाउँदै हिँड्न थाले उनीहरुले नै सोच्ने हो।’

जिल्ला प्रशासन कार्यालय कास्कीले वैशाख १३ गते १० बुँदे आदेश जारी गरेर १५ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो। प्रदेशमा निषेधाज्ञा जारी गर्ने कास्की पहिलो जिल्ला हो। 

यसअघि जिल्ला प्रशासन कार्यालय म्याग्दीले विद्यालय मात्रै बन्द गरेको थियो। म्याग्दी प्रशासनले विद्यालय बन्द गरेको घोषणा गर्नासाथ नेपाल सरकारले देशैभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। 

बढ्दै संक्रमण
पछिल्लो समयमा गण्डकी प्रदेशमा भने कोरोना संक्रमित बढ्दै गएका छन्। शुक्रबार एकैदिन १६१ जनामा कोरोना संक्रमित पुष्टि भएका छन्, भने तीन जनाको मृत्यु भइसकेको छ। कास्कीमा मात्रै ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसपछि बागलुङ्मा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

प्रदेशमा रहेका १ हजार ५ सय ३९ जना सक्रिय संक्रमितमध्ये, १ हजार ४ सय ३२ जना होम आइसोलेसनमा रहेको प्रदेश जनस्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माले जानकारी दिए।

प्रकाशित: Apr 30, 2021| 13:54 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।