बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हिमाल सफा गर्ने क्रममा भेटियो मानव अवशेष र हेलिकप्टरको टुक्रा

हिमाल सफा गर्ने क्रममा भेटियो मानव अवशेष र हेलिकप्टरको टुक्रा

नेपाली सेनाले सुरु गरेको सफा हिमाल अभियान २०२१ का क्रममा मानव अवशेष र हेलिकप्टरको टुक्रा भेटिएको छ। 
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं- नेपाली सेनाले सुरु गरेको सफा हिमाल अभियान २०२१ का क्रममा मानव अवशेष र हेलिकप्टरको टुक्रा भेटिएको छ। 

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै  फोहोर संकलन गर्ने क्रममा धवलागिरी बेसक्याम्पदेखि २०० मिटर दक्षिणतर्फ माउण्टेन ईक्युपमेन्ट सहितका २ वटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ किलोमिटर अगाडि इटाली बेस क्याम्पतर्फ ९एन एसीआर लेखेको हेलिकप्टरको अवशेष फेला परेको जनाएको छ। 

मृतकहरुको पहिचान नखुलेकोले र यस सम्बन्धमा थप छानबिन भइरहेको जनाइएको छ। हेलिकप्टरको सम्बन्धमा एयर डाइनास्टिकको सन् २००६ मा दुर्घटना भएको अवशेष रहेको प्रारम्भिक जानकारी प्राप्त भएको सेनाले जनाएको छ। 

मानव अवशेषहरु व्यवस्थापनका सम्बन्धमा सम्बन्धित निकायहरुसँग समन्वयको प्रक्रिया सुरु गरिएको सेनाले जनाएको छ। 

सगरमाथासहित ६ वटा हिमालहरुको सफाइ गर्ने उद्देश्यका साथ सञ्चालित अभियानमा खटिएका टोलीहरुले स्थानीय सरकार, सम्बद्ध संघसंस्था एवम् स्थानीयवासीहरुसँग आवश्यक समन्वय तथा सहकार्य गर्दै फोहोर संकलन कार्य गरिरहेका छन्। 

वैशाख १२ गते सुरु भएको फोहोर संकलनका क्रममा अहिलेसम्म ५ हजार १५४ किलो फोहोर संकलन भइसकेको छ। नेपाली सेनाको टोली पीपीईसहितका स्वास्थ्य उपकरण लगाएर फोहोर संकलन गरिरहेका छन्।

No description available.

प्रकाशित: Apr 30, 2021| 13:10 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।