काठमाडौं- नेपाल सरकारबाट निवृत्तिभरण सुविधा लिनेहरूले असारसम्म बैंक खाता अद्यावधिक नगराएपनि सुविधा नरोकिने भएको छ। महालेखा नियन्त्रण कार्यालयले असारसम्म बैंक खाता अद्यावधिक गर्नुपर्ने बाध्यकारी व्यवस्था नभएको जानकारी दिएको हो।
पेन्सन लिनेहरूले प्रत्येक ६-६ महिनामा पेन्सन खाता सक्रिय बनाउनुपर्ने भएपनि हाल कोरोनाको दोस्रो लहर सुरुभएसँगै यस्तो व्यवस्था गरिएको कार्यालयको सूचनामा उल्लेख छ।
नेपाल सरकारबाहेकका निकायबाट पेन्सन लिनेहरूका लागि भने सम्बन्धित कार्यालयकै प्रावधान लागू हुनेछ।
