काठमाडौं– नेपालमा कोरोना संक्रमणको दर बढेसँगै अस्पतालका आईसीयू र भेन्टिलेटरमा भर्ना हुने संक्रमितको दर पनि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशभर अहिले ४४६ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्।
त्यसमध्ये ११५ जना गम्भीर अवस्थाका कोरोना संक्रमित भेन्टिलेटरमा छन् भने ३३१ जना आईसीयूमा छन्। शुक्रबार आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १४४ जना आईसीयूमा र ७२ जना भेन्टिलेटरमा उपचारत छन्।
प्रदेश १ मा ४० जना आईसियू र ६ जना भेन्टिलेटरमा उपचाररत छन् भने प्रदेश २ मा ९ जना आईसियुमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
गण्डकी प्रदेशमा ५ जना आईसियू र १ जना भेन्टिलेटरमा उपचाररत छन्। लुम्बिनी प्रदेशमा ८४ जना आईसियूमा र २० जना भेन्टिलेटरमा उपचाररत छन्।
कर्णाली प्रदेशमा २७ जना आईसियुमा र ७ जना भेन्टिलेटरमा उपचाररत छन् भने सुदूरपश्चिममा २२ आईसियूमा र ७ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ।
हिजो बिहीबार देशभर ४४६ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा थिए।
