सुर्खेत– रुकुम पश्चिममा वैशाख १९ (आइतबार) देखि निषेध आदेश लागू हुने भएको छ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको अध्यक्षतामा बसेको कोरोना संकट व्यबस्थापन केन्द्रको बैठकले १९ गते बिहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्म जिल्लाभर निषेध आदेश लगाउने निर्णय गरेको हो। जिल्लामा संक्रमण तीव्र रुपमा फैलिन थालेपछि १२ दिन निषेध आदेश गर्न लागिएको हो। रुकुम पश्चिममा हाल ५९ जना संक्रिय संक्रमित छन्।
योसँगै कर्णालीमा निषेध आदेश लागू भएका जिल्लाको संख्या चार पुग्ने छ। १८ गतेदेखि जाजरकोट, १९ गतेदेखि रुकुम पश्चिम र सल्यानमा निषेध आदेश लागू हुँदैछ। हाल सुर्खेतमा मात्रै निषेध आदेश लागू गरिएको छ।