काठमाडौं- सूचना तथा प्रसारण विभाग अनिश्चतकालका लागि बन्द भएको छ।
पत्रकारहरुलाई प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण गर्ने, प्रसारणतर्फका सेवा प्रवाह गर्ने एवम् अनलाइन सञ्चारमाधयमरुको दर्ता, नवीकरणलगायतका काम गर्ने सरकारी निकाय कोभिडको कारण देखाउँदै अनिश्चितकालका लागि बन्द भएको हो।
विभागले शुक्रबार एक सूचना जारी गर्दै वैशाख १९ गते आइतबारदेखि लागू हुने गरी अर्को सूचना प्रकाशित नहोउन्जेलसम्मका लागि सबै सेवा बन्द रहने जानकारी दिएको हो।
विभागले कार्यालयका केही कर्मचारीमासमेत कोरोना संक्रमण पुष्टि भएको, काठमाडौंलगायत उपत्यकाका ३ वटै जिल्लामा निषेध आदेश जारी भएकोलगायतका कारण देखाएको छ।
विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र जारी/नवीकरण, अनलाइन सञ्चारमाध्यम नयाँ/पुनः दर्ता/नवीकरण र प्रसारणतर्फका सम्पूर्ण सेवा प्रवाह गर्दा भर्चुअल माध्यमबाट तत्काल सम्भव नभएको र भौतिक रुपमै उपस्थित हुँदा कार्यालयमा कोरोनाको संक्रमणको जोखिम बढी भएको सूचनामा उल्लेख गरेको छ।

