शुक्रबार, भदौ १२, २०८३

मास्कमा कालोबजारी गर्नेलाई पाँच हजार जरिवाना

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै मास्कको कालोबजारी सुरु भएको छ।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं– कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै मास्कको कालोबजारी सुरु भएको छ। विभिन्न औषधि पसल तथा फर्माहरुले मास्कको कालोबजारी सुरु गरेका हुन्। 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार गरेको अनुगमनबाट मास्कमा कालोबजारी भइरहेको पुष्टि भएको हो। विभागले शुक्रबार काठमाडौंको ज्ञानेश्वरमा रहेका अनुज स्टोर, यु एण्ड बी स्टोर तथा आरएन स्टोरले मास्कमा कालोबजारी गर्ने गरेको भेटाएको छ। 

ती स्टोरहरुले मास्क खरिदको बिल नराखी बजार मूल्य भन्दा चर्को मूल्यमा बिक्री गर्ने गरेको पाइएपछि विभागले कारवाही गरेको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए। उनका अनुसार ती स्टोरहरुले उपभोक्ता संरक्षण ऐन २०७५को दफा १५ अनुसार बिलबिजक जारी नगरी कारोबार गर्ने गरेको पाइएकाले सोही ऐनको दफा ३१ बमोजिम प्रत्येक फर्मलाई ५ हजार रुपैयाँ जरिवाना समेत गरिएको छ।  

थोक तथा खुद्रा व्यापारीले गत वर्ष पनि कोरोना भाइरस  महामारी सुरु भएपछि मास्कमा चर्को मूल्य लिने गरेका थिए।
 

प्रकाशित: Apr 30, 2021| 10:04 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।