शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना नियन्त्रणमा कांग्रेसले देशव्यापी अभियान चलाउने

कोरोना नियन्त्रणमा कांग्रेसले देशव्यापी अभियान चलाउने

‘अनिवार्य मास्क लगाउने, साबुनपानीले हात धुने र दुरी कायम गराउन सचेतना अभियान सञ्चालन गर्न देशभरका पार्टी संरचनालाई क्रियाशील गराइने छ,’ उनले भने। 
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं- नेपाली कांग्रेसले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि देशव्यापी सचेतना अभियान सञ्चालन गर्ने भएको छ। सभापति शेरबहादुर देउवाले शुक्रबार पत्रकार सम्मेलन गर्दै कोरोना रोकथाम र नियन्त्रणका लागि देशभरका पार्टी संरचनालाई सचेतना अभियानमा खटाउने बताएका हुन्।

‘अनिवार्य मास्क लगाउने, साबुनपानीले हात धुने र दुरी कायम गराउन सचेतना अभियान सञ्चालन गर्न देशभरका पार्टी संरचनालाई क्रियाशील गराइने छ,’ उनले भने। 

यस्तै कांग्रेसले निषेधाज्ञाका कारण आर्थिक समस्यामा परेकाहरूलाई सहयोग अभियान संचालन गर्नेसमेत बताएको छ।

विदेशी देशहरुसँग खोप उपलब्ध गराउन आग्रह गरिसकिएको बताउँदै देउवाले अमेरिकाले नेपाललाई खोप दिने निर्णय गरेको बताए। उनले अमेरिकाको निर्णयको स्वागतसमेत गरेका छन्। उनले अन्य देशहरुलाई समेत खोप उपलब्ध गराउन आग्रह गरेका छन्।

प्रकाशित: Apr 30, 2021| 10:00 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।