शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान केन्द्र तोकिए

राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान केन्द्र तोकिए

आगामी जेठ ६ गते बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदानस्थल र मतदान केन्द्र तोकेको छ। 
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं- आगामी जेठ ६ गते बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदानस्थल र मतदान केन्द्र तोकेको छ। 

आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै आयोगले मतदानस्थल र केन्द्र तोकेको जानकारी दिएका छन्। 

आयोगले आज राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम मतदान केन्द्र तोकेको हो। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकिएको छ। 

मतदानस्थलमा प्रदेशसभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र (ख) गरी दुईवटा मतदान केन्द्र तोकिएको हो। 

आयोगका अनुसार आजै निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्यूटर अपरेटरका लागि राष्ट्रियसभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि गरिएको छ।

प्रकाशित: Apr 30, 2021| 10:03 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।