शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितलाई अस्पतालमा बेड उपलब्ध गराउन नसकिने अवस्था आयो : स्वास्थ्य मन्त्रालय

कोरोना संक्रमितलाई अस्पतालमा बेड उपलब्ध गराउन नसकिने अवस्था आयो : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण फैलिएकाले अस्पतालमा राखेर संक्रमितको उपचार गर्न नसकिने अवस्था आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं– स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण फैलिएकाले अस्पतालमा राखेर संक्रमितको उपचार गर्न नसकिने अवस्था आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले सर्वसाधारणलाई अपिल गर्दै आम मानिसलाई थप संवेदनशील बन्न आग्रह गरेको छ।

विशेषगरी कोभिड–१९ संक्रमणका हिसाबले नेपालका अति प्रभावित जिल्लाहरू मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको भन्दै सतर्कता अपनाउन मन्त्रालयले अपिल गरेको हो। 

निकै नै उच्च गतिमा संक्रमण फैलिरहेको भन्दै मन्त्रालयले कुनै पनि मार्गबाट देश विदेश जाने–आउने वा आन्तरिक वा बाह्य पर्यटनका लागि कतै जाने कामहरु पूर्ण रुपमा नगर्न अनुरोध गरेको छ। कुनै पनि सार्वजनिक स्थलमा जाने र भीडभाड गर्ने काम बन्द गर्नसमेत मन्त्रालयको आग्रह छ।

मन्त्रालयले संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरू (मास्क, भौतिक दूरी र स्यानिटाइजर वा धात हुने)काम जारी राख्न अनुरोध गरेको छ।

प्रकाशित: Apr 30, 2021| 09:59 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।