शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णय तत्काल कार्यान्वयन गर्न देउवाको माग

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णय तत्काल कार्यान्वयन गर्न देउवाको माग

शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गरी सभापति देउवाले स्वास्थ्यकर्मीहरूसहित सबै फ्रन्टलाइनरलाई जोखिम भत्ता दिने निर्णय कार्यान्वयन गर्न माग गरेका हुन्। 
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना विरुद्धको लडाईंमा अग्रपंक्तिमा रहेर सेवा दिनेहरूलाई तत्काल जोखिम भत्ता दिने सरकारको निर्णय कार्यान्वयन माग गरेको छ। 

शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गरी सभापति देउवाले स्वास्थ्यकर्मीहरूसहित सबै फ्रन्टलाइनरलाई जोखिम भत्ता दिने निर्णय कार्यान्वयन गर्न माग गरेका हुन्। 

‘स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसिहतका फ्रन्टलाइनरलाई तत्काल जोखिम भत्ता दिने व्यवस्था कार्यान्वयन गरियोस्,’ पत्रकार सम्मेलनमा आफ्ना माग अघि सार्दै सभापति देउवाले भने। 

२०७६ चैत ९ गते मन्त्रिपरिषद् बैठकले महामारी नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीसहितका फ्रन्टलाइनरलाई जोखिम भत्ता दिने निर्णय गरेको थियो। तर सरकारको निर्णयअनुसार आफूहरूले जोखिम भत्ता नपाएको गुनासो फ्रन्टलाइनरहरूले गर्दै आएका छन्। 

प्रकाशित: Apr 30, 2021| 09:58 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।