शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवाको ठट्टा- महामन्त्री डाक्टर छन्, उनले भनेको कसरी नमानौं!

देउवाको ठट्टा- महामन्त्री डाक्टर छन्, उनले भनेको कसरी नमानौं!

देउवाले भने, ‘कोभिड बढेको छ। शशांकजी पनि डाक्टर हो। त्यसमाथि उहाँ आफैं संक्रमित भएको व्यक्ति। उहाँले नै बैठक नबोलाऔँ भन्नुभयो। डाक्टर मान्छेले भनेपछि ठिक छ भनेर स्थगित भएको हो। डाक्टर मान्छे महामन्त्री छ, उसको सल्लाह नलिने भन्ने कुरा हुन्छ।’ 
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैशाख १५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित भएकोबारे महामन्त्री डा. शशांक कोइरालासँग सोध्न आग्रह गरेका छन्। शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गरेका देउवालाई १४ औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणका बारेमा प्रश्न गरेका थिए। 

तर, देउवाले ठट्टा गर्दै यसको जवाफ शशांक कोइरालासँग माग्न आग्रह गरेका छन्। ‘अस्ति यही विषय (महाधिवेशन)का बारेमा छलफल गर्न बैठक डाकिएको थियो। किन स्थगित भयो भनेर शशांकलाई सोध्नुस्,’ देउवाले भने, ‘कोभिड बढेको छ। शशांकजी पनि डाक्टर हो। त्यसमाथि उहाँ आफैं संक्रमित भएको व्यक्ति। उहाँले नै बैठक नबोलाऔँ भन्नुभयो। डाक्टर मान्छेले भने पछि ठिक छ भनेर स्थगित भएको हो। डाक्टर मान्छे महामन्त्री छ, उसको सल्लाह नलिने भन्ने कुरा हुन्छ।’ 

उनले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिवेशन धकेल्न खोजेको भनेर लगाएको आरोपको खण्डनसमेत गरे। ‘उहाँहरूले यस्ता आरोप लगाइरहनुहुन्छ। म पार्टी सभापति भएपछि यस्तै गर्दै आउनुभएको छ। जे पनि भन्नुभएको छ,’ उनले भने, ‘नेपालको संविधान अनुसार महाधिवेशन कुनै पनि हालतमा हुनैपर्छ। संविधान संशोधन गर्न दुई तिहाइ चाहिन्छ। त्यो सम्भव छैन।’ 

उनले एमसीसी बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सुरु भएको भन्दै सुशील कोइरालाका पालामा अघि बढेको र आफ्नो नेतृत्वको सरकारले हस्ताक्षर गरेको बताए। ‘मैले मन्त्रीज्यूलाई सिग्नेचर गर्न पठाएको हो। यो ठूलो सहयोग हो। केवल ग्रान्ट हो। झुटा प्रचार भइरहेको छ,’ उनले भने।  

उनले एमसीसी पास नभए आफूलाई गाह्रो पर्ने भनेर कहिले नबोलेको भन्दै भ्रामक प्रचार गरिएको दावी गरे। एमसीसीका बारेमा आफ्नो सकैसँग छलफल नभएको उनको भनाइ थियो।

पत्रकारहरुले महामारीको समयमा पत्रकार सम्मेलन गरेर सरकारी मापदण्ड उल्लंघन गरेको आरोप लाग्ला नि भनेर सोधेको प्रश्नमा देउवाले ठट्टा गर्दै भने, ‘तपाईहरु टाढा– टाढा बस्नुस् भनेको छु मान्नु भएको छैन।’

प्रकाशित: Apr 30, 2021| 09:55 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।