शुक्रबार, भदौ १२, २०८३

नापी कार्यालय धनुषा अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर देशैभरि फैलिएपछि जिल्ला नापी कार्यालय धनुषा अनिश्चितकालका लागि बन्द गरिएको छ। 
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

जनकपुरधाम- कोरोना महामारीको दोस्रो लहर देशैभरि फैलिएपछि जिल्ला नापी कार्यालय धनुषा अनिश्चितकालका लागि बन्द गरिएको छ। 

कायार्लयले एक सूचना जारी गर्दै कार्यालयबाट प्रवाह गरिने सबै प्रकारका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएको छ। 

विश्वभर नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिँदै गइरहेकोले धनुषा जिल्लासमेत प्रभावित देखिएपछि सेवाहरु बन्द गर्नु परेको कार्यालयले जनाएको छ।  

कोरोना जोखिम नियन्त्रण गर्न भिडभाड कम गरी कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउँदा समेत भिड नियन्त्रणमा आउन नसकेकाले वैशाख १९ गतेदेखि यस कार्यालयबाट प्रवाह हुने सेवाहरु बन्द गर्ने निर्णय गरिएको नापी कार्यालयका अधिकृत वर यादवले जानकारी दिएका छन्।

प्रकाशित: Apr 30, 2021| 09:51 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।