शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिवको व्यवस्था गर्न कांग्रेसको माग 

स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिवको व्यवस्था गर्न कांग्रेसको माग 

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था गर्न आग्रह कांग्रेस आग्रह गर्दछ,’ सभापति देउवाले पत्रकार सम्मेलनमा भने।  
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्राविधिकतर्फको स्वास्थ्य सचिवको व्यवस्था गर्न माग गरेको छ। शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गरी सभापति शेरबहादुर देउवाले यस्तो माग अघि सारेका हुन्। 

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था गर्न आग्रह कांग्रेस आग्रह गर्दछ,’ सभापति देउवाले पत्रकार सम्मेलनमा भने।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई जना सचिवको रहने व्यवस्था भएपनि प्राविधिक तर्फका सचिवको पद रिक्त भएको लामो समय भइसकेको छ। 

२०७६ माघमा पुष्पा चौधरीको राजीनामापछि स्वास्थ्यमा प्राविधिकतर्फका सचिवको पद रिक्त छ। तर सरकारले पद पूर्ति गर्न चासो देखाएको छैन। 

सभापति देउवाले कोरोना भाइरसको जोखिम कम गर्न सरकार पूर्ण रूपमा असंवेदनशील भएको आरोपसमेत लगाए। संक्रमित हुनेको संख्या दिनानुदिन बढेको भन्दै सभापति देउवाले देशका स्वास्थ्य संरचनाले धान्नै नसक्ने अवस्था आउँदा पनि सरकार उदासीन भएको उल्लेख गरेका हुन्। 

सरकारले कोरोनाको जोखिम हुँदाहुँदै पनि अधुरा कामहरूलाई पूरा भएको भन्दै उद्धाटन गरी भिडभाड जम्मा गरेको सभापति देउवाको टिप्पणी छ। 

‘उपत्यका लगायतका स्थानमा लकडाउन जारी गर्ने निर्णय गरेपछि उपत्यका छोड्नेहरूको लर्कोले व्यापक संक्रमण फैलने खतरा छ,’ देउवाको भनाई छ, ‘उनीहरूको सुरक्षित प्रबन्ध गरिनुपर्छ।‘ 

प्रकाशित: Apr 30, 2021| 09:40 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।