सुर्खेत- दैलेखमा कोरोना संक्रमणबाट एक गर्भवतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा नारायण नगरपालिका–३ की २७ वर्षीया महिला छन्। उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा शुक्रबार दिउँसो उनको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए।
मृत्युपश्चात कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। १०८ जना सक्रिय संक्रमित रहेको दैलेखमा १० जना अस्पतालमा उपचाररत छन्। तीमध्ये ५ जनाको अक्सिनजनको सहायतामा उपचार भइरहेको छ।
यसैबीच एक जना चिकित्सक तीन जना स्वास्थ्यकर्मीलाई संक्रण भएपछि आज (शुक्रबार) देखि जिल्ला अस्पताल दैलेखका आकस्मिक बाहेकका सेवाहरु बन्द गरेको रेग्मीले बताए।