शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्च अदालतले  तोक्यो  रिट निवेदन र सुनुवाइको समय

सर्वोच्च अदालतले  तोक्यो  रिट निवेदन र सुनुवाइको समय

सर्वोच्च अदातलले कोभिड–१९ को महामारीका कारण बन्दाबन्दी भएको अवस्थामा रिट निवेदन दर्ता गर्ने र सुनुवाइको समय निर्धारण गरेको छ।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं– सर्वोच्च अदातलले कोभिड–१९ को महामारीका कारण बन्दाबन्दी भएको अवस्थामा रिट निवेदन दर्ता गर्ने र सुनुवाइको समय निर्धारण गरेको छ।

अदालतले तोकेको समयानुसार बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट तथा कोभिड महामारी, जीवन र जनस्वास्थसँग सम्बन्धित रिट निवेदनहरु दर्ताको समय बिहान ११ देखि दिउँसो ३ बजेसम्म रहेको छ।

ती रिट निवेदनमध्ये बन्दी प्रत्यक्षीकरणको निवेदन दिउँसो १ बजेसम्म दर्ता गर्न आएमा सोही दिन सुनुवाइ हुने र सो उपरान्त दर्ता हुन आए भोलिपल्ट सुनुवाइ गर्ने तय गरिएको छ। सर्वोच्च अदालतका उपरजिष्ट्रार राजु ढुङ्गानाका अनुसार सुनुवाइका क्रममा सम्बन्धित मुद्दामा एक–एक पक्ष र  एक–एकजना कानून व्यवसायी मात्र इजलासमा उपस्थित भएर बहस पैरवी गर्ने निर्णय भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशहरुको यही वैशाख १४ गते बसेको पूर्ण बैठकले उपत्यकामा निषेधाज्ञा जारी भएको अवस्थामा अदालतबाट दिने सेवा कटौती गर्ने निर्णय गरेको थियो।

पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन तथा कोभिड महामारी, जीवन र जनस्वास्थसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गर्ने निर्णय गरेको थियो। अदालतले सोही निर्णयानुसार रिट दर्ता गर्ने र सुनुवाइ गर्ने  समय निर्धारण गरेको हो।
 

प्रकाशित: Apr 30, 2021| 08:39 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।