शुक्रबार, भदौ १२, २०८३

खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को संक्रमण भएको छ।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं– खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को संक्रमण भएको छ। उनको पिसिआर परीक्षणमा क्रममा आज शुक्रबार बिहान सङ्क्रमण पुष्टि भएको स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए।

मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई सङ्क्रमण भएपछि उनको हिजो स्वाब सङ्कलन गरिएको थियो। छोरीलाई चार दिनअघि सङ्क्रमण भएको थियो। 

मन्त्रीसहित सचिवालयमा काम गर्ने १० जनाको पिसिआर परीक्षण गर्दा कसैलाई सङ्क्रमण देखिएन। सङ्क्रमण पुष्टि भएपछि मन्त्री थापाले अहिले ललितपुरस्थित मन्त्री निवास पुल्चोक आराम गरिरहेको उनका स्वकीय सचिव गौतमले जानकारी दिए।

उनका अनुसार मन्त्री थापालाई अहिले सामान्य रुघाखोकी लागेको छ। यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई सङ्क्रमण भएको थियो।
–रासस

प्रकाशित: Apr 30, 2021| 08:03 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।