काठमाडौं– नेकपा (एमाले) ले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ।
गत फागुन २३ गते सर्वोच्च अदालतको आदेशबाट ब्युँतिएपछि भएका निर्णयहरुको बारेमा जानकारी दिन एमाले अध्यक्ष केपी ओलीले अपानि जारी गरेका हुन्। अध्यक्ष ओलीले् ती निर्णय कार्यान्वयनका लागि नेता–कार्यकर्तालाई निर्देशन पनि दिएका छन्।
१९ पृष्ठको अपानिमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिवले तयार पारेको संगठनात्मक प्रतिवेदन, स्थायी कमिटीको गठनलगायत् समावेश गरेका छन्।
यस्तो छ एमालेको अपानि