शुक्रबार, भदौ १२, २०८३

निषेध आदेश उल्लंघन गर्ने तीन जना जेल चलान

कोरोना भाइरस नियन्त्रणका लागि रुपन्देहीमा गरिएको निषेध आदेश उल्लंघन गरेको अभियोगमा नेपालमै पहिलोपटक कैद सजाय गरिएको छ। 
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

बुटवल- कोरोना भाइरस नियन्त्रणका लागि रुपन्देहीमा गरिएको निषेध आदेश उल्लंघन गरेको अभियोगमा नेपालमा पहिलोपटक कैद सजाय गरिएको छ। 

निषेध आदेशका बेलामा सवारीसाधन चलाएको अभियोगमा पक्राउ गरिएका सात जनालाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तीन जनालाई कारागार चलान गरेको हो। 

कारागार चलान हुनेमा रुपन्देही मायादेवी गाउँपालिका–४ का २७ वर्षीय दिनेश यादव, सिद्धार्थ नगरपालिकाका–८ का २८ वर्षीय श्याम दुवे र मायादेवी गाउँपालिका–२ का ३४ वर्षीय महेन्द्र कोहार छन्।

७ जनालाई सजाय तोकिएकोमा चार जना भने ९ हजार १ सय रूपैयाँ रकम बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए। 

प्रहरीले सम्झाइबुझाइ गरी कोरोना नियन्त्रणमा गाडी नचलाउन आग्रह गर्दा उल्टै प्रहरीमाथि नै जाइलागेका कारण पक्राउ गरी मुद्दा चलाइएको प्रहरी प्रवक्ता थापाको भनाइ छ।

'आठ जनालाई पक्राउ गरिएको थियो। एक जना महिलालाई ६ सय रूपैयाँ मात्रै जरिवाना तिराएर छाडिएको हो,' उनले भने, '७ जनालाई भने कारबाहीका लागि जिल्ला प्रशासनमा बुझाएका थियौँ'

हामीले कोरोना भाइरस नियन्त्रणका लागि निषेध आदेश पालना गराउनका लागि प्रहरीले पक्राउ गरी कारबाही चलाएको उनको भनाइ छ। 

निषेध आदेशको पहिलो दिन बिहीबार उनीहरूलाई पक्राउ गरिएको थियो। बिहीबार निषेध आदेश उल्लंघन गर्ने एक हजार २० वटा सवारीसाधन तथा एक हजार ४७० जना नागरिकलाई सम्झाइबुझाइ गरिएको प्रहरीले जनाएको छ। 

रुपन्देहीमा आगामी ३० गते बिहान ६ बजेसम्म प्रशासनले निषेध आदेश जारी गरेको छ। रुपन्देही जिल्लामा दुई हजार ५५२ जना कोरोना संक्रमित उपचाररत छन्। 

प्रकाशित: Apr 30, 2021| 05:20 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।