शुक्रबार, भदौ १२, २०८३

वरिष्ठ चिकित्सक डा. ध्रुबप्रसाद सिंहको निधन

वरिष्ठ चिकित्सक डा. ध्रुबप्रसाद सिंहको ७१ वर्षको उमेरमा निधन भएको छ।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं – वरिष्ठ चिकित्सक डा. ध्रुबप्रसाद सिंहको ७१ वर्षको उमेरमा निधन भएको छ। डा. सिंहको आज बिहान ३ वजे किष्ट अस्पतालमा निधन भएको वीर अस्पतालका जनरल फिजिसियन डा. विकास नेपालले जानकारी दिए। 

४० वर्ष स्वास्थ्य क्षेत्रमा काम गरेका सिंहले वीर अस्पतालको आक्समिक कक्षको प्रमुखका रुपमा १० वर्ष भन्दा धेरै समय काम गरेका थिए। रक्त क्यान्सरका बिरामी भारतमा उपचार गरि हालै नेपाल फर्किएका थिए।

वीर अस्पतालमा रहँदा पटक-पटक निमित्त निर्देशकको जिम्मेवारीसमेत उनले बहन गरेका थिए।

डा. सिंहको पूर्खेउली घर सप्तरी हो। उनको शव सप्तरी लगेर नै अन्तिम संस्कार गर्ने तयारी भइरहेको पारीवारिक स्रोतले जनाएको छ।

प्रकाशित: Apr 30, 2021| 05:02 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।