पर्सा - पर्सा जिल्लाको कालिकामाई गाउँपालिका अध्यक्ष नथुनीप्रसाद कुश्वाहाको निधन भएको छ।
विगत ३/४ दिनदेखि ज्वरो, रूघाखोकिले ग्रसित रहेका गाउँपालिका अध्यक्ष कुश्वाहालाई उपचारका लागि वीरगंज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उनका आफन्तजनले जनाएका छन्।
सुरूवातमा समान्य ज्वरो भए पनि बढ्दै जादाँ रूघाखोकी र निमुनिया भएको थियो। उनका छोरा आफै डाक्टर भएकाले नियमित चेकजाँच हुँदै आए पनि गएराति उनको मृत्यु भएको कालिकामाई गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पवन तिवारीले बताए।