शुक्रबार, भदौ १२, २०८३

रिहा भए चन्द समूहका नेता माइला लामा

संखुवासभा जिल्ला कारागारमा रहेका  चन्द समूहका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा रिहा भएका छन्।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

संखुवासभा - संखुवासभा जिल्ला कारागारमा रहेका  चन्द समूहका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा रिहा भएका छन्।सरकार र चन्द समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि उनी बिहीबार रिहा भएका हुन्। 

सरकार र चन्द समूहबीच फागुन २१ गते भएको सहमतिअनुसार गृह मन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको थियो।

लामा २५ हजार धरौटी बुझाएर हिरासतमुक्त भएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी डिल्ली प्रसाईँले जानकारी दिए। 

उनी २०७६ साउन ५ गते काठमाडौंबाट पक्राउ परेका थिए। लामालाई विभिन्न जिल्ला हुँदै संखुवासभा ल्याइएको थियो।

जिल्ला अदालत चैनपुरले संगठित रूपमा हातहतियार ओसारपसार, सञ्चय तथा प्रयोग मुद्दामा २५ हजार रूपैयाँ धरौटी माग गरेको थियो। धरौटी बुझाउन नसकेपछि जिल्ला अदालत चैनपुर २०७६ फागुन ७ गते कारागार चलान गरेको थियो।

चन्द समूहले आफ्ना नेता–कार्यकर्ता रिहा गर्ने सहमति पालना नभएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो। नेता लामालाई परिवारको जिम्मामा छाडिएको छ।

नेता लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघको अध्यक्षसमेत थिए। तर, पार्टी विभाजनपछि मोहन वैद्य हुँदै उनी चन्द समूहमा लागेका थिए। 

माओवादी जनयुद्धको क्रममा उनका हातका केही औँलामा क्षति पुगेका छन् भने सुन्ने र देख्ने क्षमता पनि कमजोर बनेको छ। उनले सयौँ क्रान्तिकारी गीत गाएका छन्।

उनले संगीत दिएका धेरै गीतमध्ये नेत्रविक्रम चन्द को शब्द रहेको ‘कसले बनायो दाजै उडी जाने बस’ चर्चित मानिन्छ। रासस

प्रकाशित: Apr 30, 2021| 03:49 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।