शुक्रबार, भदौ १२, २०८३

लुम्बिनीका ४ मन्त्रीको सांसद पद अब के हुन्छ?

‘पत्र गलत रहेछ, पद रिक्त होइन रहेछ भनेर सभामुखले फेरि सुनाउन सक्दैन, संवैधानिक व्यवस्था पनि छैन।’ 
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं- पार्टीको निर्णयविपरीत मन्त्री बनेको भन्दै जनता समाजवादी पार्टीले आफ्ना चारजना सांसदलाई कारबाही गरी पदबाट मुक्त गर्न लुम्बिनी प्रदेशसभामा प्रक्रिया अघि बढायो।बिहीबार प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझी पदमुक्त भएको सूचना टाँस गरिसकेको छ। 

जसपा अध्यक्ष महन्थ ठाकुरले प्रदेशका सांसदलाई कारबाही नगरिएको भन्दै सभामुखलाई पत्र पठाएका छन्। अध्यक्ष ठाकुरको पत्रसँगै लुम्बिनी सरकारका ४ मन्त्रीहरूको सांसद पद के होला भन्ने प्रश्न उठेको छ।

वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. टीकाराम भट्टराई चारै जनाको पद रिक्त भइसकेकाले जसपा अध्यक्ष ठाकुरले कारबाही नगरिएको पत्र पठाए पनि त्यसको कुनै अर्थ नहुने बताउँछन्। अब सभामुखले उनीहरूलाई पदमा फर्काउन नसक्ने र उनको भनाइ छ। यद्यपि अदालतमा मुद्दा परे त्यसको छिनोफानो भने अदालतले नै गर्ने भट्टराईले बताए।  

‘उहाँहरूको पद रिक्त भइसक्यो। अब न्यायिक परीक्षण भनेको अदालतले मात्रै गर्ने हो,’ उनले भने, 'कारबाही कानुनबमोजिम भयो कि भएन भनेर अदालतले मात्रै परीक्षण गर्छ। पत्र गलत रहेछ, पद रिक्त होइन रहेछ भनेर सभामुखले फेरि सुनाउन सक्दैन, संवैधानिक व्यवस्था पनि छैन।’ 

लुम्बिनी प्रदेश सरकारमा पाण्डे भौतिक पूर्वाधार विकास मन्त्री, यादव भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, लम्साल शिक्षा तथा सामाजिक विकास मन्त्री र रायमाझी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन्।

प्रकाशित: Apr 30, 2021| 03:29 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।