शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वरानी कोमलको प्लाज्मा दिएर उपचार हुँदै, स्वास्थ्य अवस्था स्थिर

पूर्वरानी कोमलको प्लाज्मा दिएर उपचार हुँदै, स्वास्थ्य अवस्था स्थिर

कोरोना भाइरस संक्रमण भएर उपचाररत पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा दिएर उपचार भइरहेको छ। 
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं – कोरोना भाइरस संक्रमण भएर उपचाररत पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा दिएर उपचार भइरहेको छ। 

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत शाहको स्वास्थ्यमा समस्या थपिँदै गएपछि उनलाई अक्सिजनको मात्रा बढाइनुका साथै प्लाज्मा दिइएको छ। 

स्वास्थ्यमा सुधार नभएपछि बुधबार बेलुका उनलाई आईसियूमा सारिएको थियो। उपचारमा संलग्न डा. जेपी जयसवालले भने, ‘हाल १० लिटर अक्सिजन प्रतिमिनेट दिनुपरेको छ, उहाँको अवस्था स्थिर छ। पूर्वराजा ज्ञानेन्द्रको भने स्वास्थ्य अवस्था सामान्य छ।’

निजामती कर्मचारी अस्पतालका निर्देशक प्राडा. विधाननिधि पौडेलका अनुसार सामान्यतया अक्सिजनको लेभल कम भएका बिरामीलाई एक मिनेटमा ५ लिटरसम्म अक्सिजन दिनुपर्छ। तर, अवस्था गम्भिर हुँदै गएमा बढाउँदै लैजानुपर्छ।

एक मिनेटमा १० लिटर अक्सिजन दिनु जोखिमपूर्ण अवस्था हो। जति अक्सिजनको मात्रा बढ्दै जान्छ, त्यति नै बिरामीको अवस्था जटिल बन्दै जान्छ। उच्च जटिल र सामान्य अवस्थाको बीचको अवस्थामा सो मात्रामा अक्सिजन दिनुपर्ने हुन्छ। 

पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वास्थ्य अवस्था भने सन्तोषजनक रहेको अस्पतालले जनाएको छ। कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका पूर्वराजा, पूर्वरानी र पूर्वअधिराजकुमारी वैशाख १ गते नर्भिकमा भर्ना भएका थिए।

प्रकाशित: Apr 30, 2021| 03:24 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।