शुक्रबार, भदौ १२, २०८३

त्रिवि शिक्षण अस्पतालमा बिरामीले भरिँदै कोरोना बेड

विगत दुई हप्तादेखि त्रिवि शिक्षण अस्पतालमा कोराना संक्रमितको चाप निकै बढेको छ। दुई हप्ता अगाडि त्रिवि शिक्षण अस्तालको कोरोना वार्डमा १० बेडमा पनि संक्रमित थिएनन्। 
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं – विगत दुई हप्तादेखि त्रिवि शिक्षण अस्पतालमा कोराना संक्रमितको चाप निकै बढेको छ। दुई हप्ता अगाडि त्रिवि शिक्षण अस्तालको कोरोना वार्डमा १० बेडमा पनि संक्रमित थिएनन्। 

तर, पछिल्लो दुई हप्ताको अवधिमा ७५ जना भन्दा धेरै बिरामी छन्। आईसियूमा कुनै पनि संक्रमित भर्ना भएका थिएनन्। तर, हाल १२ जना संक्रमित उपचाररत छन्।

विरामीहरूमा पहिलाको संक्रमणको जस्तै लक्षणहरू जीउ दुख्ने, सास फेर्न गार्हो हुने खोकी लाग्ने, केही बिरामीलाई सुँघ्ने तथा स्वाद हराउने लक्षण देखिएको अस्पतालका संघन उपचार कक्ष विशेषज्ञ डा. सुभासप्रसाद आचार्यले बताए। अस्पतालमा बिरामीको सिकिस्त हुने दर पहिलाको भन्दा धेरै रहेको उनको भनाइ छ।

९० प्रतिशत भन्दा धेरै बिरामीलाई अक्सिजन दिनुपर्ने अवस्था रहेको उनी बताउँछन्। अस्पताल आउने बिरामीलाई फर्काउनु परेको उनको दुखेसो छ। 
'भर्ना गर्न सक्ने ठाउँ छैन। यही गतिमा कोरोना संक्रमण फैलने हो भने अबको १५ दिनमा संक्रमणको अर्को बिकराल रुप देखिनेछ', उनले भने।

त्यसैले यस्तो अवस्थमा आफूलाई संक्रमणको आशंका लाग्ने वित्तिकै परीक्षण गर्न डा. आचार्य सुझाव दिन्छन्। 

'विगतमा हामीले कोरोना छ भन्ने नै विर्सियौं । भीडभाडलाई वास्ता गरेनौं। सामाजिक दूरी गर्नुपर्छ भन्ने नै विर्सियौं। मास्कलाई त्याग्न थाल्यौं, त्यसैको परिणामस्वरुप यो अवस्था भोगिरहेकाछौं', उनले भने।

प्रकाशित: Apr 30, 2021| 03:11 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।