शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निषेध आदेशका बेला अत्यावश्यक सेवाका लागि पास नचाहिने

निषेध आदेशका बेला अत्यावश्यक सेवाका लागि पास नचाहिने

अब निषेध आदेशका बेला अत्यावश्यक सेवाका लागि पास नचाहिने भएको छ। 
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं - अब निषेध आदेशका बेला अत्यावश्यक सेवाका लागि पास नचाहिने भएको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौं एक सूचना जारी गर्दै अत्यावश्यक सेवा तथा वस्तुका सवारीसाधनहरू, बिरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तीय संस्था, बिमाका कर्मचारीहरू, एअरपोर्ट जानेआउने यात्रुको हकमा सवारी पास आवश्यक नपर्ने जनाएको हो। 

यस्तै कतै अवरोध भए सहजीकरणका लागि १०० र १०३ मा फोन गर्न सकिने कार्यालयले जनाएको छ। साथै अन्य अनावश्यक सन्दर्भमा पनि अत्यावश्यक भनी पास माग गर्ने गरेको पाइएकाले आजबाट मृत्यु संस्कार र अत्यन्तै जरुरी बाहेक पास जारी नगरिने प्रशासन कार्यालयले जनाएको छ। 

प्रकाशित: Apr 30, 2021| 02:18 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।