शुक्रबार, भदौ १२, २०८३

सुनसरीमा आजदेखि निषेध आदेश

सुनसरी प्रशासनले शुक्रबार रातिदेखि एक साताका लागि निषेध आदेश जारी गर्ने भएको छ।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

विराटनगर – सुनसरी प्रशासनले शुक्रबार रातिदेखि एक साताका लागि निषेध आदेश जारी गर्ने भएको छ।

कोरोना संक्रमणको दर बढ्दै गएपछि सुनसरीका प्रजिअ उमेशकुमार ढकालले बैशाख १७ गते (शुक्रबार) मध्य राति १२ बजेदेखि २४ गते राती १२ बजेसम्म जिल्लाभर लागू हुने गरि निषेध आदेश जारी गरेका हुन्। 

निषेध आदेशको समयमा अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन पाइने छैन। एकै स्थानमा भेला, जुलुस, छलफल र गोष्ठी गर्न पनि पाइने छैन। 

यस्तै, १०वर्ष मुनि र ६० वर्ष माथिका व्यक्ति तथा दीर्घ रोगीलाई अत्यावश्यक बाहेक कुनै पनि काममा आउजाउ गर्न पनि निषेध गरिएको छ। 

अत्यावश्यक खाद्य सामग्रीको हकमा औषधी तथा स्वास्थ्य सामग्री पसल बाहेक अन्य पसल व्यवसाय बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्ला गर्न पाइने सुनसरी प्रशासनले जनाएको छ। 

प्रदेश १ मा निषेध आदेश जारि गर्ने सुनसरी पहिलो जिल्ला हो। सुनसरीमा सक्रिय संक्रमित संख्या ३ सय २२ छ। कोरोना संक्रमित मोरङ्गमा बढी भए पनि निषेध आदेश जारि भएको छैन।

मोरङ्गका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले अहिलेकै अवस्थामा निषेधाज्ञा आवस्यक नभएको बताउँदै आएका छन्।

प्रकाशित: Apr 30, 2021| 01:26 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।