शुक्रबार, भदौ १२, २०८३

जेठ ६ मा हुने उपनिर्वाचनका लागि ५ दल दर्ता

जेठ ६ गते हुन लागेको बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि ५ दल दर्ता भएका छन्। उक्त उपनिर्वाचनका लागि ५ दल दर्ता भएको निर्वाचन आयोगले जानकारी दिएको हो। 
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं- जेठ ६ गते हुन लागेको बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि ५ दल दर्ता भएका छन्। उक्त उपनिर्वाचनका लागि ५ दल दर्ता भएको निर्वाचन आयोगले जानकारी दिएको हो। 

उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आयोगमा दर्ता भएका हुन्। 

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि प्रदेश सभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी जम्मा ३४८ जना मतदाता हुनेछन्।

मतदाताको नावावली वैशाख २१ गते बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय, हेटौंडामा प्रकाशन गर्ने निर्णयसमेत भएको आयोगले जनाएको छ। सोही दिन बेलुका ५ बजेसम्म मतदाताको विवरण सच्याउनका लागि निवेदन दिने र मतदाताको नामावलीमा विरोधका लागि उजूरी दिन सकिने व्यवस्था आयोगले गरेको जानकारी दिइएको छ। 

माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादललाई कारबाही गरेपछि उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो। माओवादी केन्द्र परित्याग गरी प्रधानमन्त्री केपी शर्मा ओली पक्षको एमालेमा प्रवेश गरेका बादल नै एमालेका तर्फबाट उक्त स्थानमा उम्मेदवार बन्ने आकलन गरिएको छ। 

प्रकाशित: Apr 29, 2021| 14:58 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।