शुक्रबार, भदौ १२, २०८३

शुक्रबारदेखि सुनसरीमा निषेध आदेश

निषेध आदेश लागू भएको अवधिमा औषधि खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभाग्य वस्तु खरिदबाहेक अत्यावश्क नपरी बाहिर निस्कन पाइने छैन।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

सुनसरी- सुनसरीमा शुक्रबार राती १२ बजेदेखि  लागू हुने गरी निषेध आदेश जारी जारी गरिएको छ। बिहीबारको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी) को बैठकले वैैशाख १७ गते राति १२ बजेदेखि एक साताका लागि निषेध आदेश जारी गर्ने निर्णय गरेको हो। 

निषेध आदेश वैशाख २४ गते राती १२ बजेसम्म लागू गर्ने बैठकले निर्णय गरेको हो। 

निषेध आदेश लागू भएको अवधिमा औषधि खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभाग्य वस्तु खरिदबाहेक अत्यावश्क नपरी बाहिर निस्कन पाइने छैन।

निषेधाज्ञामा अत्यावश्यकबाहेकका सवारी गुडाउन पनि पाइने छैन। निजी, सार्वजनिक र अनुमतिबिनाका सरकारी गाडी गुडाउन, मेला महोत्सव गर्न पनि पाइने छैन। 

यस्तै, निषेध आदेश भए पनि दैनिक उपभोग्य वस्तुको बिक्री तथा ढुवानी, सुरक्षा निकायका गाडी र सुरक्षाकर्मी हिँडडुल, फोहोरमैला संकलनार्थ सवारी सञ्चालन, औषधि खरिद बिक्री ढुवानीलगायतलाई भने रोक लगाइने छैन।

प्रकाशित: Apr 29, 2021| 14:01 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।