शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपाका ४ प्रदेश सांसद पदमुक्त भएपछि सभामुखलाई अध्यक्ष ठाकुरको पत्र, भन्छन्- कारबाही भएकै छैन

जसपाका ४ प्रदेश सांसद पदमुक्त भएपछि सभामुखलाई अध्यक्ष ठाकुरको पत्र, भन्छन्- कारबाही भएकै छैन

प्रदेशका सभामुखलाई सम्बोधन गर्दै लेखिएको पत्रमा ६ सस्यीय संसदीय दल गठन भएको भएको त्यसैलाई स्वायत्तता दिइएको उल्लेख छ। सो संसदीय दलले गरेको निर्णयलाई पार्टीले मान्यता दिने समेत पत्रमा भनिएको छ। 
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशसभाका कुनै पनि सांसद्लाई कारबाही नभएको बताएका छन्। लुम्बिनी प्रदेशसभाले ४ जना जसपाका सांसदहरू पदमुक्त भएको सूचना टाँस गरेपछि अध्यक्ष ठाकुरले पार्टीको केन्द्रका तर्फबाट कुनै पनि कारबाही नभएको बताएका हुन्। 

प्रदेशका सभामुखलाई सम्बोधन गर्दै लेखिएको पत्रमा ६ सस्यीय संसदीय दल गठन भएको भएको त्यसैलाई स्वायत्तता दिइएको उल्लेख छ। सो संसदीय दलले गरेको निर्णयलाई पार्टीले मान्यता दिने समेत पत्रमा भनिएको छ। 

पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझी पदमुक्त भएको सूचना प्रदेशसभाले बिहीबार दिउँसो टाँस गरेको थियो। 

उनीहरू लुम्बिनी प्रदेश सरकारमा मन्त्री पनि बनिसकेका छन्। पछिल्लो सयम जसपा केपी शर्मा ओली पक्षीय एमालेसँग नजिकिएको छ। सरकारले बुधबार मात्रै पार्टीका १२० जना विरुद्धका मुद्दा फिर्ता लिएको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ओली निकट नेता हुन्। 

No description available.

प्रकाशित: Apr 29, 2021| 13:48 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।