शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पुनःस्थापनाको ग्यारेन्टी नभए सुर्खेत विमानस्थल विस्तार गर्न दिँदैनौँ : स्थानीय

पुनःस्थापनाको ग्यारेन्टी नभए सुर्खेत विमानस्थल विस्तार गर्न दिँदैनौँ : स्थानीय

स्थानीयको अवरोधका कारण विमानस्थल विस्तार अन्यौलमा परेको छ। चालु आर्थिक वर्ष सकिन साढे दुई महिना बाँकी रहदा पनि स्थानीयले विमानस्थल विस्तारका लागि सहमति नदिएपछि विमानस्थल विस्तारको काम सुरु हुन नसकेको  हो। 
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

सुर्खेत- स्थानीयको अवरोधका कारण विमानस्थल विस्तार अन्यौलमा परेको छ। चालु आर्थिक वर्ष सकिन साढे दुई महिना बाँकी रहदा पनि स्थानीयले विमानस्थल विस्तारका लागि सहमति नदिएपछि विमानस्थल विस्तारको काम सुरु हुन नसकेको  हो। 

सरकारले पुनःस्थापनाको ग्यारेन्टी गर्न नसके आयोजना अगाडि बढ्न नदिने अडान स्थानीयको छ। प्रभावित क्षेत्रका स्थानीयलाई न्यायोचित मुआब्जा वितरण, प्रभावितलाई एकीकृत रूपमा पुनःस्थापना, अमरज्योति माध्यमिक विद्यालय, अमरदीप क्याम्पसलगायतका सरकारी भौतिक संरचना पुनःस्थापनाको ग्यारेन्टी नलिएसम्म विमानस्थल विस्तार गर्न नदिने अडान स्थानीयको छ। 

बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँगको छलफलमा स्थानीयले पुनःस्थापनाको ग्यारेन्टी नहुँदासम्म विस्तार गर्न नदिने अडान दोहोर्‍याए। ‘विमानस्थल विस्तार गर्ने योजना ल्याएको ६ महिना बित्यो तर पुनःस्थापनाको ग्यारेन्टी भएको छैन,’ सुर्खेत विमास्थल प्रभावित क्षेत्र सरोकार समितिका संयोजक टीकाराम आचार्यले भने, ‘सरकारले प्याकेजमै पुनःस्थापनाको ग्यारेन्टी नगर्दासम्म आयोजना अगाडि बढ्दैन।’

अर्का स्थानीय लोकप्रसाद चालिसेले पनि न्यायोचित र प्याकेजमै पुनःस्थापनाको ग्यारेन्टी नहुँदासम्म आयोजना अगाडि बढ्न नसक्ने बताए। ‘जनतालाई सुकुम्बासी बनाएर, विकास हुन सक्दैन,’ चालिसेले भने, ‘न्यायोचित र प्याकेजमै पुनःस्थापनाको ग्यारेन्टी भए मात्रै आयोजना अगाडि बढ्छ।’

अमर ज्योति माविका प्राधानाध्यापक खगेन्द्र थापाले जनताले रोजेकै स्थान र अहिलेको विद्यालयको भौतिक संरचना निर्माण गरे मात्रै आयोजना अगाडि बढ्ने उल्लेख गरे। ‘विमानस्थल विस्तार गर्दा जनताले रोजेकै स्थानमा अहिलेको जस्तै संरचना निर्माण हुनुपर्छ,’ थापाले भने, ‘होइन भने ३ हजार विद्यार्थीको भविष्य अन्यौलमा पारेर विकास गर्नुको कुनै अर्थ छैन।’ 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने वीरेन्द्रनगरको हटलाइनभित्र (खोर्के खोलावारी, ईत्रामपारी वा कालुङ्गचोक भित्र) क्षेत्रमा पुन:स्थापना गर्ने बताए। ‘विमानस्थल विस्तार गर्दा कोही पनि नागरिक विस्थापित नहुने ग्यारेन्टी लिन्छौँ,’ मुख्यमन्त्री शाहीले भने, ‘सुर्खेत विमास्थल विस्तार कर्णालीवासीको आवश्यकता हो। सरकारलाई सहयोग गर्नोस्।’ तोकिएको क्षेत्रभित्र बस्न नचाहने स्थानीयलाई उचित मुआब्जा दिने समेत प्रतिबद्धता जनाए।

नागरिक उड्डयन कार्यालय सुर्खेत प्रमुख उमेरकुमार पन्थीले पनि विमानस्थल विस्तारका लागि स्थानीयले सहयोग गर्नुपर्ने बताए। विस्तारको विरोध नभई विकासबाट हुने लाभ लिन स्थानीयलाई आग्रह गरे।
 

प्रकाशित: Apr 29, 2021| 13:19 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।