काठमाडौं- केपी शर्मा ओली पक्षका एमाले नेता महेश बस्नेतले आफूहरूविरुद्ध चौतर्फी आक्रमण भइरहेको दाबी गरेका छन्। बिहीबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफूहरूमाथि आक्रमण भए त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी समेत दिएका हुन्।
'जुन ढंगको चौतर्फी आक्रमण हामीमाथि भइरहेको छ, त्यसलाई सशक्त ढंगले प्रतिरोध गर्न हाम्रो पंक्ति सक्षम छ। हाम्रा विरुद्ध आउने जस्तोसुकै जालझेल र षड्यन्त्र छ, आवस्यकता अनुसार प्रतिरोध गर्न तयार छ,' उनको स्टाटसमा लेखिएको छ।
यस्तो छ सांसद् बस्नेतको स्टाटस
गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री पी एस गुरुङ्गको नेतृत्वमा जन सरोकारका काम गर्दै, आफ्नै गतिमा अगाडि बडिरहेको अबस्थामा,...
Posted by Mahesh Basnet on Thursday, April 29, 2021