अप्रिल २१ मा महाराष्ट्रस्थित नासिकको एक अस्पतालमा अक्सिजनको कमीले २४ जना बिरामीको मृत्यु भयो। दुई दिनपछि दिल्लीमा पनि अक्सिजनकै कमीले २५ जनाले ज्यान गुमाए। अघिल्लो दिन मात्रै (२४ अप्रिल) मा भारतीय महान्यायाधिवक्ताको कार्यालयका सोलिसिटर जनरल तुषार मेहताले भारतीय सर्वोच्च अदालतमा झुटो दाबी गर्दै भनेका थिए- ‘अक्सिजनबाट कोही वञ्चित हुनु नपरोस् भनेर सुनिश्चित गरिरहेका छौं।’
भारतका राज्य सरकारहरूले अक्सिजन ट्यांकरलाई ‘ब्लक’ गरिरहेका छन् भने जनता अक्सिजनका सिलिन्डर लुटिरहेका छन्। यस्तो हुनु नै थियो। किनभने भारतीयहरूले आफ्ना लागि चुनेका नेता र उनीहरूका विचारधारा नै यस्तै थिए। भारतमा चुनाव जितेका नेता र विचारधारा हेर्दा यो अवस्था आउनु अनिवार्य पनि थियो।
भारतीय नेताहरूको यस्तो प्रवृत्ति नयाँ भने होइन। पहिले नै अनुभव गरिसकिएको विषय हो यो। अगस्ट २०१७ मा उत्तर प्रदेशको गोरखपुरमा ६० नवजात शिशु अक्सिजनको कमीले मरेका थिए। आदित्यनाथ योगी नेतृत्वको भारतीय जनता पार्टी सरकारले यो तथ्य अस्वीकार गरेको थियो। ती शिशुको मृत्यु अक्सिजनको कमीले नभएको प्रदेश सरकारले दाबी गरिरहेको छ। बाल रोग विशेषज्ञ डा. कफिल खानले अक्सिजन आपूर्तिकर्ताको भुक्तानी नदिएको र सोही कारण अक्सिजनको कमी भएको आरोप डाक्टरमाथि थोपर्दै सरकार आफूलाई चोख्याउने प्रयास गर्यो । झुटो आरोपमा राज्य सरकारबाट गिरफ्तारीमा परेका खान विभागीय जाँचमा भने निर्दोष सावित भए। तर राज्य सरकारले ती शिशुको शवको पोस्टमार्टमको जाँच नै गरेन। उनीहरूको मेडिकल रेकर्डसमेत परिवारलाई दिइएन। प्रस्ट छ, राज्य सरकारले अन्यायलाई अन्याय नमानेसम्म कागजमा प्रमाणित हुँदैन।
भाजपा नेतृत्वले लालच र क्रूरतालाई सामान्य बनाइदिएको छ। र यो कोरोना भाइरस महामारीको दोस्रो लहरमा समेत देखिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीमाथि भारतजस्तो गरिब देशमा महामारीको राकेथामको कठिन जिम्मेवारी थियो। तर उनले यो कठिन कामलाई विकराल बनाएर नियन्त्रण गर्न लगभग असम्भव बनाइदिएका छन्।
गत वर्ष मोदी प्रशासनले भारतका शीर्ष वैज्ञानिकहरूसँग परामर्श लिएर ‘क्रूर लकडाउन’ गर्यो। जसका कारण यो चिकित्सकीय आपत्कालले आर्थिक र मानवीय संकटको रूप धारण गर्यो। फेब्रुअरी र मार्चमा संक्रमित बढिरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले ‘टास्कफोर्स’ सँग परामर्शसमेत गरेनन्। पछिल्लो पटक लकडाउन घोषणा गरेपछि मोदीले औपनिवेशिक कालको क्रूर कानुन (महामारी कानुन १८९७) लागू गरेका थिए। जसले नागरिक र नागरिक स्वतन्त्रतालाई कुल्चिएको थियो। मोदी प्रशासनले यो कानुन स्वास्थ्यकर्मीमाथि निशाना बनाइएको ठाँउमा मात्रै लागू गरिएको देखाउन खोजेको थियो।
केन्द्र सरकारले गत वर्ष स्वास्थ्यकर्मीको संरक्षण गर्ने कुनै कानुन पारित गरेन। लकडाउन महामारी रोक्न गरिएको बताइएको थियो। त्यसपछि केन्द्रीय स्वास्थ्य मन्त्रालयका सचिव लभ अग्रवालले राष्ट्रिय र राज्यमा स्वास्थ्य व्यवस्थालाई चुस्त राख्न केन्द्र सरकारले १ खर्ब ५० अर्ब रुपैयाँको प्याकेज ल्याएको दाबी गरेका थिए। तर अक्सिजनलगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीको टेन्डर महामारी सुरु भएको ८ महिनापछि अर्थात् सन् २०२० को अक्टोबर ९ मा आह्वान गरिएको थियो। केन्द्र सरकारले १५० अक्सिजन प्लान्ट स्थापना गर्न टेन्डर जारी गरेको थियो। तर, २०२१ को अप्रिलसम्म ३३ वटा मात्रै प्लान्ट स्थापना भएका छन्।
देशमा कोभिड–१९ महामारीले विकराल रूप लिइरहेका बेला प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाह पश्चिम बंगालको चुनावमा व्यस्त थिए। महामारीको कुनै पर्वाह नगरी प्रधानमन्त्री मोदी ठूलाठूला जुलुसमा सहभागी भए। पश्चिम बंगालमा २७ मार्चबाट चुनाव सुरु भएको थियो। तर १४ अप्रिल अर्थात् २ साताभित्र पश्चिम बंगालमा ८ हजार ८९२ संक्रमित भेटिएका थिए। यसको ११ दिनपछि पश्चिम बंगालमा १५ हजार ८८९ संक्रमित भेटिए। तीमध्ये ५० प्रतिशत संक्रमित कोलकत्ताका थिए। मोदीले चुनावी सभा जारी राखे।
महामारीप्रति मोदी सरकारको लापरबाही चुनावमा मात्रै सीमित थिएन। मार्च २१ को राष्ट्रिय अखबारमा पूर्ण पृष्ठमा विज्ञापन छापियो- जसमा मोदी र उत्तराखण्डका मुख्यमन्त्री तीर्थ सिंह रावत मानिसलाई महाकुम्भमा आउने निम्ता दिइरहेका थिए। त्यसको एक दिनअघि रावतले दाबी गरेका थिए, ‘कोरोनाका नाममा कसैलाई रोकिँदैन। हामीलाई विश्वास छ, भगवानप्रतिको विश्वासले कोरोना भाइरसको डरबाट मुक्ति मिल्नेछ।’
मुख्यमन्त्री र प्रधानमन्त्रीको आह्वानअनुसार लाखौं श्रद्धालु कुम्भमेलामा सहभागी भए। हजारौं संक्रमित भए। तर अप्रिल १ पछि कोरोना तीव्र गतिमा फैलन थाल्यो। अप्रिल १ मा उत्तराखण्डमा १ हजार ८६३ जना संक्रमित भेटिएका थिए। २६ अप्रिलसम्म आइपुग्दा उत्तराखण्डमा कोरोना संक्रमितको संख्या बढेर ३५ हजार ८६४ पुग्यो।
महामारी नियन्त्रण गर्न भारतको विफलताको कारक भने ज्ञानलाई तिरस्कार गर्ने मोदी र बीजेपी सरकारको शैली हो। यो हाम्रो पुस्ताको सबैभन्दा ठूलो नैतिक विफलता हो। भारतीयको सामूहिक विफलतासँगै भारतीय जनता पार्टीको राजनीतिक हारसमेत हो।
यतिबेला भारतीय नागरिक भगवान् भरोसामा महामारीसँग लडिरहेका छन्। कोरोनाको दोस्रो लहर फैलिइरहेका बेला २० अप्रिलमा प्रधानमन्त्री मोदीले जनतासँग भनेका थिए, ‘युवा साथीहरुसँग मेरो अनुरोध छ। उनीहरू आफ्नो समुदायमा, घरमा, अपार्टमेन्टमा स–साना समूह बनाएर कोभिड अनुशासनलाई पालना गर्न सहयोग गर्नुस्। यसो गर्नाले सरकारले न कर्फ्यू लगाउँछ, न लकडाउन हुनेछ।’ मोदीले जनताका लागि सरकारले के गरिरहेको छ भनेर बताउने प्रयास नै गरेनन्। तर महामारीबाट जनता बचाउन सरकार जनताकै साथमा उभिएको दाबी गरेका थिए।
मोदीले महामामारी नियन्त्रण गर्न आफ्नो विफलता भने स्वीकार गरेनन्। मिडिया प्लेटफर्म र ह्वाट्सएप समूहमा बिरामीका आफन्तहरु अक्सिजन सिलिन्डर, औषधि, डाक्टसँग परामर्श र अस्पताल खोज्न बेचैन छन्। मानिसहरूले आ–आफ्नो तरिकाले सहयोगसमेत गरिरहेका छन्। तर बिरामीले बेड, औषधि र अस्पताल पाउन सकेका छैनन्। शव व्यवस्थापनका लागि शववाहनसमेत पाउन सकेका छैनन्। शव गाड्ने स्थान र जलाउन दाउराको अभाव छ।
महामारी नियन्त्रण गर्न भारतको विफलताको कारक भने ज्ञानलाई तिरस्कार गर्ने मोदी र बीजेपी सरकारको शैली हो। यो हाम्रो पुस्ताको सबैभन्दा ठूलो नैतिक विफलता हो। भारतीयको सामूहिक विफलतासँगै भारतीय जनता पार्टीको राजनीतिक हारसमेत हो।
आज जे भइरहेको छ, त्यसको दोष एक व्यक्तिमाथि मात्रै थोपर्न मिल्दैन। यो विफलतामा जनतासमेत उति नै जिम्मेवार छन्। नालायक सरकारप्रति जनताले आँखा र मुख बन्द गरेका छन्। परिणामस्वरुप सरकारले जनतालाई मजाकमा उडाइरहेको छ। यति हुँदाहुँदै पनि मानिसहरु अन्धभक्त भएर नेताहरूको समर्थन गरिरहेका छन्। यसले भारतीय लोकतन्त्र चिहानमा पुगेको देखाएको छ।
गरिब, बिरामी र अल्पसंख्यकप्रति उनीहरूको संयुक्त विवेक र साझा उदासीनता ‘सिमेन्टेड’ भएको छ। यसले यो सरकारलाई टिकाएर राख्न मद्दत गरेको छ। यी मानिस लालाचीलाई महिमामण्डन गर्छन्।
सन् २००२ देखि नै मोदीको उत्थानलाई भारतीको हैरानीका रुपमा हेरिएको छ। उनको राजनीतिक करियर धोकेधडीमा टिकेको छ। बहुसंख्यकवादको तुष्टीकरणका लागि उनलाई साथ दिइएको छ। देशको सर्वोच्च पदमा आसीन हुन मोदीले जनताको जिन्दगीलाई सिक्काझैं खर्च गरेका छन्। मोदीले आफ्नो करिअरमा आफ्नै नागरिकलाई जेलमा हाले, डर देखाए र निसंकोच मर्न दिए।
मोदीको दुई कार्यकाल अव्यवस्थाको बाटोमा छ। उनले भारतीय जनासँग कश्मीरमा रगतको होली खेल्नेहरू, महिलामाथि सामूहिक बलात्कार गर्नेहरू, मुस्लिम अल्पसंख्यकमाथि हेपाहा प्रवृत्ति अन्त्य गर्दै दलितविरुद्ध जातिगत अत्याचार र असममा नजरबन्दमा रहेकाहरूलाई उन्मुक्ति दिने बाचा गरेका थिए। यी बाचा पर्याप्त भने थिएनन्। उनका चुनावी बाचाले प्रलोभनमा परी हामी (भारतीय जनता) ले छिमेकी र साथीभाइप्रति पनि घृणा जागृत गराउँदै सैतानका हातमा आफ्नो आत्मा धरौटी राखिदियौं। तर बाचाअनुसारका काम त परै जाओस्, यति बेला चिहानका लागि पनि ठाउँ अभाव भएको छ। त्यसैले हामीले आत्मालोचना गर्नु जरुरी छ। कोरोना महामारीको संकटका बेला यस्ता कुरा नराम्रा लाग्न सक्छन्, तर आँखा चिम्लेर बस्न भने सकिन्न। न त नैतिकता र राजनीतिक सम्बन्धको हिसाबमा नकार्न सकिन्छ।
सन् २०१९ को चुनावमा बीजेपीले कुल ३७.४ प्रतिशत भोट पाएको थियो। यो इतिहासमै बीजेपीले पाएको सबैभन्दा धेरै भोट हो। कुनै पनि राष्ट्रलाई त्यो देशका मतदाता नागरिकको योग्यताअनुसारकै सरकार प्राप्त हुन्छ। बीजेपीका हर मतदाता, चाहे उनीहरू उच्च जातिका हुन् वा मध्यम वर्गका नै किन नहुन्, आर्थिक समृद्धिका लागि जनता मर्नुपर्छ भन्ने मान्छन्।
मानिसहरु खुला बजार पुँजीवादका सिद्धान्तको चर्चा गर्छन्। श्रीमद्भगवद्गीतालाई उद्धृत गर्छन्, तर आफ्ना घरमा राखेका उत्पीडित जातिका घरेलु कामदारलाई साप्ताहिक छुट्टीसमेत दिँदैनन्। बीएमडल्यू कारमा सवार भएका बेला कारतर्फ भिखको याचना गर्नुपर्ने बाध्यतालाई अमानवीय मान्दैनन्। यी मानिसहरू व्यवस्थागत (नीतिगत) भ्रष्टाचारविरुद्ध बोल्दैनन्। उनीहरु यौन हिंसाविरुद्ध आवाज उठाउने महिलाका पक्षमा देखिँदैनन्। उनीहरुका मनमा उपेक्षा र मानव द्वेष भरिएको छ। हातमा रगत लागेको छ। उनीहरु धर्म, जाति र लैंगिक आधारमा राष्ट्रवादको प्रमाणपत्र बाँड्छन्। यस्ता मानिस व्हाट्सएप समूहमा रहन मन पराउँछन् र सत्यतथ्य समाचारलाई बनिबनाउ ठान्छन्, झुठा तथ्य पेस गर्छन् ताकि, दर्दनाक सत्यमा सधैं पर्दा लगाउन सकियोस्।
श्रीमद्भगवद्गीतालाई उद्धृत गर्छन्, तर आफ्ना घरमा राखेका उत्पीडित जातिका घरेलु कामदारलाई साप्ताहिक छुट्टीसमेत दिँदैनन्। बीएमडल्यू कारमा सवार भएका बेला कारतर्फ भिखको याचना गर्नुपर्ने बाध्यतालाई अमानवीय मान्दैनन्।
गरिब, बिरामी र अल्पसंख्यकप्रति उनीहरूको संयुक्त विवेक र साझा उदासीनता ‘सिमेन्टेड’ भएको छ। यसले यो सरकारलाई टिकाएर राख्न मद्दत गरेको छ। यी मानिस लालाचीलाई महिमामण्डन गर्छन्। सामाजिक न्यायका लागि लड्नेहरुलाई धिक्कार्छन्। भाजपालाई सत्ता सुम्पिएपछि न सत्ता चलाउने इमानदारी छ, न त इच्छा नै। उनीहरु अरुलाई धैर्य गर्न सल्लाह दिँदै हिँड्छन्। राजनीतिक कुरामा प्रश्न उठाउने र कुरा गर्नेहरूलाई उनीहरू गाली गर्दै हिँड्छन्। अरूलाई सकारात्मक सोच राख्न सल्लाह दिँदै हिँड्छन्। त्रासदीपूर्ण अवस्थालाई देखेको नदेख्यै गर्न सुझाव दिन्छन्। एकपछि अर्को गर्दै मानिसहरूले अन्यायलाई साथ दिँदै आएका छन्, अन्यायलाई बचाएका छन् र अन्यायप्रति आँखा बन्द गरेका छन्। जसका कारण मोदीले लोकतन्त्रको गला रेटेर निरंकुश सत्ता स्थापित गरेका छन्। धमिला आँखाबाट हेर्ने यी मानिसले हाम्रो न्यायपालिका, प्रहरी र अस्पताल बर्बाद पारिदिएका छन्।
धनी र मध्यम वर्गका हाम्रा नागरिकलाई तबसम्म कुनै फरक परेको थिएन, जबसम्म गोरखपुरमा शिशुहरूको मृत्यु भएको थियो। उनीहरुले यस्तो व्यवहार गरेका थिए, मानौं केही भएकै थिएन। कोरोना महामारीले सबैलाई समान बनाइदिएपछि उनीहरूलाई मिल्ने विशेषाधिकार पहिल्यै खोसिएको थियो। बिजेपीका मतदाताहरू पनि गरिबका लागि बनेका अस्पताल पुग्न थाले। यो देखेर मानिसहरु छक्क परेका छन्, उनीहरुको हालत के हो?
विगत सात वर्षमा जसरी मानवताविरोधी राजनीतिक निर्णय भइरहेका छन्, ती निर्णय अहिले भूत बनेर हाम्रो पिछा गरिरहेका छन्। हामी जानीबुझीकन लामो समयदेखि आफ्ना स्वास्थ्य संरचना र अवस्थाबारे बेखबर रह्यौं। मानिसको ज्यान गइरहेका बेला पनि हामीले खासै वास्ता गरेका थिएनौं। आज त्यो पानीको फोकोजसरी फुटेको छ। हाम्रो सानो तर ठूलो नैतिक विफलता भारतमा महामारीविरुद्धको लडाइमा प्रतिबिम्बित भइरहेको छ। २७ अप्रिलमा मात्रै भारतमा महामारीबाट सबैभन्दा धेरै ३ हजार २८६ जनाको मृत्यु भएको छ। महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा २ लाख ११ हजार ८७ मानिसको मृत्यु भइसकेको छ। आखिर हामीले नै यो नर्कलाई जन्म दिएका हौं।
(‘एन्टिबायोटिक रेजिस्टेन्स र वैश्व स्वास्थ्य सुरक्षा’सम्बन्धी पुस्तकका लेखक विद्या कृष्णन स्वास्थ्य मामलाका पत्रकार हुन्। हिन्दी अनलाइन पोर्टल काराभानमा प्रकाशित यो सामग्री तीर्थराज बस्नेतले अनुवाद गरेका हुन्।)