शुक्रबार, भदौ १२, २०८३

आईसीयू र भेन्टिलेटरमा ४४४ जना संक्रमित

देशभरका अस्पतालका आईसीयू र भेन्टिलेटरमा ४४४ जना कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं– देशभरका अस्पतालका आईसीयू र भेन्टिलेटरमा ४४४ जना कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यीमध्ये ३३७ जना आईसीयूमा र १०७ जना भेन्टिलेटरमा छन्।

बिहीबार आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १५६ जना छ। उक्त प्रदेशका भेन्टिलेटरमा ६७ जना छन्।

प्रदेश १ मा ३६ जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत छन् भने प्रदेश २ मा १० आईसीयूमा छन्। गण्डकी प्रदेशमा ५ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन्। लुम्बिनी प्रदेशमा पनि ८७ जना आईसीयूमा र २१ जना भेन्टिलेटरमा उपचाररत छन्।  

कर्णाली प्रदेशमा २३ आईसीयूमा र ५ जना भेन्टिलेटरमा छन् भने सुदूरपश्चिममा २० जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचाररत छन्।

पछिल्लो २४ घण्टामा देशभर ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो समय कोरोना संक्रमणको दर बढेसँगै मृत्युदर पनि बढ्दै गएको छ। कुल संक्रमितमध्ये १.०२ प्रतिशतको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।

अहिलेसम्म ३ लाख १७ हजार ५३० जना संक्रमित भएकोमा ३ हजार २४६ जनाको मृत्यु भएको छ।  
 

प्रकाशित: Apr 29, 2021| 11:20 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।