शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजधानीमा भोलिदेखि थप कडाइ गरिँदै, नाका प्रवेश गर्दा पीसीआर रिपोर्ट चाहिने !

राजधानीमा भोलिदेखि थप कडाइ गरिँदै, नाका प्रवेश गर्दा पीसीआर रिपोर्ट चाहिने !

काठमाडौं उपत्यकामा बिहीबार निषेध आदेश उल्लंघन गर्नेको संख्या बढेपछि शुक्रबारदेखि कडाइ गरिने भएको छ।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

काठमाडाैं‍-  काठमाडौं उपत्यकामा बिहीबार निषेध आदेश उल्लंघन गर्नेको संख्या बढेपछि शुक्रबारदेखि कडाइ गरिने भएको छ। सवारीसाधनको चहलपहल बाक्लो भएकाले निषेध आदेश कडा गर्ने तयारीमा उपत्यकाका प्रशासन कार्यालय जुटेका हुन्। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले शुक्रबारदेखि काठमाडौं प्रवेशका लागि कोरोना परीक्षण रिपोर्ट अनिवार्य चाहिने, पास वितरण कडाइ गरिने, छिमेकी जिल्लाबाट अत्यावश्यक कामबाहेक काठमाडौं प्रवेशका लागि अनुमति नदिइने र सरकारी सवारीसाधनमा जोरबिजोर लगाइने बताए।

पहिलो दिनको निषेध आदेश खुकुलो भएकाले शुक्रबारदेखि कडाइ गर्न लागिएको उनको भनाइ छ। पराजुलीले भने, ‘म आफैं अनुगमनमा निस्किएको छु। घर जान चाहनेलाई सहजीकरण गर्नुपर्ने, अत्यावश्यक काममा हिँडेकालाई सहजता तुल्याउनुपर्ने भएकाले तुलानात्मक रुपमा खुकुलो भएको हो।’ 

राजधानीमा बिहीबार एकै दिनमा ट्राफिक प्रहरीले दुई हजारभन्दा धेरै सवारीसाधन होल्ड गरेको छ। अत्यावश्यकबाहेकका क्षेत्रका बिना पास सडकमा निस्किनेलाई पक्राउ गरेर होल्डमा राखिएको ट्राफिक प्रहरीले जनाएको छ। 

शुक्रबारदेखि यस्ता व्यक्ति र सवारीमाथि कडा निगरानी गर्ने र अत्यावश्यकबाहेक अन्य कसैलाई पनि हिँडडुल गर्न नदिइने प्रशासनले जनाएको छ। पराजुलीले भने, ‘अहिलेसम्म जो प्रवेश गरे–गरे। भोलि वा पर्सिबाट पीसीआर रिपोर्टको माग गर्ने विषयमा छलफल भइरहेको छ। चाँडै निर्णय हुन्छ।’ 

राजधानीकाे कलंकीमा बिहीबार देखिएकाे चहलपहल। तस्बिर : बीपी अनमाेल

ट्राफिक प्रहरीले पनि भीड कम गर्न काठमाडौं प्रवेशका लागि पीसीआर रिपोर्ट माग गर्नुपर्नेमा जोड दिएको छ। महागरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी जनकराज भट्टराईले काठमाडौं प्रवेशका लागि पीसीआर रिपोर्ट माग गर्ने विषयमा छलफल भएको जानकारी दिए। उनले भने, ‘यो निर्णय चाँडै होला। यसले भीड व्यवस्थित गर्न सहयोग पुर्‍‍याउनेछ।’

प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार पासकै कारण भीड बढेकाले अत्यावश्यक बाहेकका मानिसलाई पास दिइने छैन।  पराजुलीले भने, ‘जनता घरमा थुनिएका बेला किन सबै सरकारी सवारी चल्न दिनुपर्‍‍यो? त्यसैले त्यसमा पनि कडाइ गरिनेछ।’ 

 

त्यस्तै छिमेकी जिल्लाबाट अत्यावश्यक कामबाहेक कुनै पनि सवारी र व्यक्तिलाई काठमाडौं नपठाउन निर्देशन दिइएकाे छ। अति जरुरी बाहेककालाई पास उपलब्ध नगराउन आग्रह गर्दै अब सामान्य सवारीलाई काठमाडौं प्रवेशमा पूर्ण रुपमा रोक लगाइने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए। 

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले विमानस्थल बन्द गर्नका लागि पनि आग्रह गरेका छन्। विमानस्थल खुला भएका कारणले पनि चहलपहल र जोखिम बढेको उनीहरुको बुझाइ छ। सरकारले भने तत्काल विमानस्थल बन्द नगर्ने भएको छ।

याे पनि 

भीड बढेपछि सडकमा निस्किए काठमाडौंका सीडी‌ओ

प्रकाशित: Apr 29, 2021| 11:09 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।