पोखरा– गण्डकी प्रदेश सरकारले नयाँ मन्त्रालय थपेर मन्त्रीमण्डल विस्तार गरेको छ। थपिएको नयाँ मन्त्रालय युवा तथा खेलकुद हो। राजीव गुरुङ (दीपक मनाङे) यो मन्त्रालयको जिम्मेवारी दिइएको छ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एमाले सांसद कृष्ण थापालाई पनि मन्त्री बनाउने तयारी गरेको जनाइएको छ। तर उनलाई दिने मन्त्रालयको टुंगो भने लागिसकेको छैन।
माओवादीका दुई मन्त्रीले राजीनामा दिएपछि आन्तरिक मामिला तथा कानुन र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खाली छन्।