शुक्रबार, भदौ १२, २०८३

एकैपटक तीनजनाकाे जलाउन थालियाे संक्रमितको शव

कोरोना संक्रमितको शव सेनाले विद्युतीय शवदाह गृहमा जलाउँदै आएको छ।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं– पशुपतिनाथ परिसरमा रहेको विद्युतीय शव दाह गृहमा एकैपटक तीनवटा शव जलाउन थालिएको छ।

कोरोना संक्रमितको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाले यसअघि एकपटकमा एउटामात्र शव जलाउने गरेकोमा मृत्यु हुनेको संख्या बढेपछि एकैपल्ट तीनवटा शव व्यवस्थापन गर्न थालेको हो। 

कोरोना संक्रमितको मृत्यु भएपछि अस्पताल प्रशासनले नेपाली  सेनालाई खबर गर्छ। सबै अस्पतालबाट सूचना आएपछि सेनाको टोलीले दिउँसो १ बजेबाट शव उठाउन सुरु गर्छ। 

कोरोना संक्रमितको शव सेनाले विद्युतीय शवदाह गृहमा जलाउँदै आएको छ। यसअघि संक्रमितका आफन्तले टाढैबाट हेर्नमात्रै पाउने भए पनि अहिले भने सीमित मानिसलाई फूलमाला चढाएर श्रद्धाञ्जली दिन पाउने नियम बनाइएको छ। श्रद्धाञ्जलीपछि सेनाको टोलीले शवको व्यवस्थापन गर्ने गरेको छ। 

केही दिनयता कोरोना संक्रमितसँगै मृतकको पनि संख्या बढिरहेको छ। हिजो (बुधबार) २७ जना, मंगलबार ३० जना, सोमबार १९ र आइतबार ४४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। 

प्रकाशित: Apr 29, 2021| 11:00 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।