शुक्रबार, भदौ १२, २०८३

कर्णालीका कोरोना विशेष अस्पताललाई ३४ करोड बजेट

कर्णाली प्रदेश सकारले कोरोना विशेष अस्पताललाई ३४ करोड बजेट दिएको छ।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

सुर्खेत- कर्णाली प्रदेश सकारले कोरोना विशेष अस्पताललाई ३४ करोड बजेट दिएको छ।

कोरोना विशेष अस्पतालहरु (प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड र चौरजहारी सामुदायिक अस्पताल रुकुम चौरजहारीलाई १३ करोड) गरी कुल ३४ करोड बजेट उपलब्ध गराएको हो।

आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले संक्रमितको उपचारका लागि कोरोना विशेष अस्पताललाई रकम बजेट उपलब्ध गराइएको जानकारी दिइन्।

सामाजिक विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएकी केसीले कोरोना नियन्त्रणमा भए÷गरेका प्रगति सार्वजनिक गर्दै हालसम्म प्रदेशमा १ लाख २२२ जनाको पीसीआर परीक्षण गरिएको बताइन्।

दोस्रो चरणको संक्रमण फैलिएसँगै प्रदेश सरकारले विकास बजेट कटौति गरेर १ अर्बको कोरोना कोष बनाउने घोषणा गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले कोषमै मिलान हुनेगरी पहिलो चरणमा ५० करोड बजेट कोरोना नियन्त्रणका लागि निकाशा गरेको छ।

प्रकाशित: Apr 29, 2021| 10:29 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।