शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खाद्यान्न उपलब्ध गराउन उपत्यकाका ४ ठाउँमा सरकारी पसल

खाद्यान्न उपलब्ध गराउन उपत्यकाका ४ ठाउँमा सरकारी पसल

निषेधाज्ञाको समयमा उपभोक्तालाई मर्का नपरोस् भन्ने उद्देश्यका साथ काठमाडौं उपत्यकाका ४ ठाउँमा सरकारले पसल सञ्चालनमा ल्याएको छ।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं- निषेधाज्ञाको समयमा उपभोक्तालाई मर्का नपरोस् भन्ने उद्देश्यका साथ काठमाडौं उपत्यकाका ४ ठाउँमा सरकारले पसल सञ्चालनमा ल्याएको छ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञा सुरु भएकै दिन बिहीबारदेखि उपत्यकाका ४ स्थानमा पसल सञ्चालनमा ल्याएको हो।

कम्पनीले सूचनामार्फत् गराएको जानकारीअनुसार काठमाडौंको थापाथली र रामशाह पथमा पसल सञ्चालनमा ल्याइएको छ। ललितपुरको नख्खुमा र भक्तपुरको सुर्यविनायकमा पनि कम्पनीले पसल सञ्चालनमा ल्याएको जानकारी गराएको छ।

थापाथलीमा बिहान ७ देखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म पसल खुला रहने छ। त्यस्तै नख्खुमा बिहान ७ देखि १०, रामशाह पथ र सुर्यविनायकमा बिहान ७ देखि ११ बजेसम्म पसल खुला रहने कम्पनीले जानकारी दिएको छ।

कम्पनीले आफ्नो अनलाइन पोर्टल नेपाल फुड डट जीओभी डट एनपी र चक्रपथभित्र सस्तोडिलमार्फत् अर्डर गरी उपभोग्य वस्तु माग गर्न सकिने जनाएको छ। अलनाइनमार्फत् अर्डर गर्दा ढुवानी निशुल्क रहेको कम्पनीले सूचनामा उल्लेख गरेको छ।

यसअघि गत वर्ष पनि कम्पनीले लकडाउन अवधिमा विभिन्न स्थानमा पसल सञ्चालनमा ल्याउँदै अनलाइनमार्फत् खाद्य सामग्री उपलब्ध गराएको थियो। कम्पनीले विशेष गरी दशैं तथा चाडपर्वलाई लक्षित गर्दै मुलुकका विभिन्न स्थानमा खुद्रा पसल सञ्चालन गराउँदै आएको छ।

प्रकाशित: Apr 29, 2021| 09:07 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।