शुक्रबार, भदौ १२, २०८३

सल्यानमा १९ गतेदेखि निषेधाज्ञा

निधेषाज्ञाभर अत्यावश्यक सेवा (स्वास्थ्य, खानेपानी, पेट्रोलियम पदार्थ, दुग्ध पदार्थ (डेरी), बैंक एटिएम सेवा, खाद्य, तरकारी र ग्यास तथा दैनिक उपभोग्य बस्तुको पसलहरु भने दैनिक बिहान बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुल्ला रहने प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई खतिवडाले जानकारी दिइन्।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

सुर्खेत- सल्यानमा दुई हप्ता निषेधाज्ञा लागू हुने भएको छ। वैशाख १९ गते बिहान ६ बजेदेखि जेठ १ गते राती १२ बजेसम्म निषेधाज्ञा गर्न लागिएको हो। बिहीबार बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले जिल्लाभर दुई हप्ता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो।

निधेषाज्ञाभर अत्यावश्यक सेवा (स्वास्थ्य, खानेपानी, पेट्रोलियम पदार्थ, दूग्धपदार्थ, बैंक एटिएम सेवा, खाद्य, तरकारी र ग्यास तथा दैनिक उपभोग्य वस्तुको पसल भने दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुल्ला रहने प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई खतिवडाले जानकारी दिइन्।

संक्रमण बढ्न थालेपछि सल्यानमा हाल ४ वटा स्थानीय तहले अत्यावश्यक बाहेकका सेवा बन्द गरिसकेका छन्। कर्मचारीमा कोरोना देखिएपछि बागचौर नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका, छत्रेश्वरी गाउँपालिका र सिद्दकुमाख गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिसकेको छन्।

संक्रमण फैलिन थालेपछि जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजार बुधबारदेखि एक सातासम्मका लागि बन्द छ। सल्यानमा ९५ जना सक्रिय संक्रमित छन्।

प्रकाशित: Apr 29, 2021| 08:58 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।