काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक श्री दिनेश अमात्य र मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रदयुमन पोख्ररेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट छिटो छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट विभिन्न शाखा मार्फत सेवाप्रदानगर्दै आएको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।
कम्पनीले सामान्य सावधिक , बालशिक्षा , आजिवन , नगदर्फिता , साढे तीन गुणा रक्षावरण, अग्रीम भुक्तानी तथा आजीवनलगायतका बीमा योजना ल्याएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवन बीमा विस्तार गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४