काठमाडौं - कोरोना भाइरस संक्रमण भएर उपचाररत पूर्व रानी कोमलको स्वास्थ्य अवस्थामा गिरावट आएको छ। स्वास्थ्यमा केही गिरावट आएपछि उनलाई आईसियूमा सारिएको छ।
संक्रमण भएपछि पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल पूर्वअधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए।
उपचारमा संलग्न डा. जेपी जयसवालले नेपाल समयसँग भने, ‘अहिले म पूर्वराजारानी हाम्रै निगरानीमा हुनुहुन्छ। पूर्वराजाको स्वास्थ्य सामान्य रहे पनि पूर्वरानीको स्वास्थ्यमा भने गिरावट आएको छ। अक्सिजन लेभल घटेकाले आईसियूको सहयोगमा उपचार भइरहेको छ।'
छोरी प्रेरणाको अवस्था सन्तोषजनक रहेको जयसवालले बताए। बुधबार बेलुका कोलम शाहलाई आईसियूमा सारिएको निरन्तर निगरानीमा राखिएको उनले बताए।
कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका पूर्वराजा, पूर्वरानी र पूर्वअधिराजकुमारी वैशाख १ गते नर्भिकमा भर्ना भएका थिए।