शनिबार, कात्तिक ३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कैलाली र कञ्चनपुरमा दैनिक तीन घण्टा बैंक खुल्ने 

कैलाली र कञ्चनपुरमा आजबाट दैनिक तीन घण्टा कार्यालय खोलेर सेवा दिने नेपाल बैंकर्स संघ सुदूरपश्चिम एकाईले जनाएको छ।
 |  बिहीबार, वैशाख १६, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

धनगढी - कैलाली र कञ्चनपुरमा आजबाट दैनिक तीन घण्टा कार्यालय खोलेर सेवा दिने नेपाल बैंकर्स संघ सुदूरपश्चिम एकाईले जनाएको छ।

triton college

बुधबार बसेको बसेको एकाईको बैठकले निषेधाज्ञा जारी भएको कैलाली र कञ्चनपुरमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कार्यालय खोलेर बैंकिङ्ग सेवा दिने निर्णय भएको संयोजक बिरुराम जोशीले बताए। 

एकाईका संयोजक जोशीले बैठकले गरेको निर्णय अनुसार सेवा दिन बैंक तथा वित्तिय संस्थालाई अनुरोध गरेको छ।

यद्यपी, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सँग बुधबार गरेको छलफलपछि उपत्यका र निषेध आदेश जारी भएका जिल्लामा बैंक तथा वित्तीय संस्थाले दिनको चार घण्टा सेवा दिने सहमति भएको थियो। 

बैंकहरूले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र सेवा दिने र कोभिड १९ को संक्रमण तथा मानिसको उपस्थितिलाई हेरेर थप निर्णय गर्ने सहमति भएको नेपाल बैंकर्स संघले जनाए।

Metro Mart
vianet

कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि संक्रमणलाई रोक्न कैलाली र कञ्चनपुरमा बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ। 

कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले सोमबार जारी गरेको आदेशमा बिहीबार बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु उल्लेख छ। 

जिल्लामा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको उनीहरूले बताएका छन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जारी गरेको आदेशमा निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने छन्। अत्यावश्यक सवारी साधन एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्धजन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइशोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन् भने खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल बाहेक सबै पसल बन्द रहनेछन्। खाद्य सामग्रीका पसलहरू बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र खोल्न पाइने आदेशमा उल्लेख छ। 

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द रहनेछन्। विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने छन्। 

यस्तै नेपाल सरकारका कर्मचारी, बैंक बित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्। पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने आदेशमा भनिएको भए पनि नेपाल पत्रकार महासंघ कैललीले जिल्ला प्रशासन कार्यालय कैलालीसँग गरेको समन्वयपछि महासंघले जारी गरेको पासको आधारमा पत्रकारले समाचार संकलन गर्न सक्नेछन्।

प्रकाशित: Apr 29, 2021| 03:40 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।