शुक्रबार, भदौ १२, २०८३

बुटवलमा तीन कोरोना संक्रमितको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तीन जना संक्रमितको आधा घन्टाको फरकमा बिहीबार विहान मृत्यु भएको छ। 
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

बुटवल - बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तीन जना संक्रमितको आधा घन्टाको फरकमा बिहीबार विहान मृत्यु भएको छ। 

लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको विशेष अस्पतालको आइसियूमा भर्ना भई उपचाररत दुई पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। 

बुटवल ११ का ३१ वर्षीय पुरुषको राती २:३० बजे, बुटवल १४ का ६६ वर्षीय पुरुषको २:४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। यसैगरि विहान ३ बजे मायादेबी ६ की ७२ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी डा. गौतमले बताए।

मृतकमध्ये २ जना ११ गते अस्पताल भर्ना भएका थिए भने बुटवल १४ का संक्रमित ९ गते भर्ना भएका थिए। लुम्बिनी प्रादेशिकमा मात्रै कोरोनाबाट हालसम्म १ सय २९ जनाको मृत्यु भएको छ। 

कोरोना विशेष अस्पतालमा रहेको १५ बेड आइसियु भरिभराउ छ  भने लुम्बिनीको फिभर क्लिनिकको ७ बेड पनि भरिएको छ। बेड अभावका कारण संक्रमित भौतारिँदै हिडनु परेको छ। 

अक्सिजन समेत अभाव भएकाले संक्रमितले समस्या भोगिरहेका छन्। तीन जनाको मृत्युसँगै रुपन्देहीमा मृतकको कूल संख्या १८४ पुगेको छ। बुधबार पनि रुपन्देहीमा उपचारका क्रममा ६ जनाको ज्यान गएको थियो।

प्रकाशित: Apr 29, 2021| 03:08 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।