शुक्रबार, भदौ १२, २०८३

सेती अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिने भएको छ। 
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

धनगढी- धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिने भएको छ। 

बुधबार अस्पतालले एक सूचना जारी गर्दै बिहीबारदेखि आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने जानकारी गराएको हो।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेयद्वारा जारी सूचनामा कैलालीमा लकडाउन घोषणा भएको र स्वास्थ्य मन्त्रालयले इमरजेन्सीबाहेकका ओपीडी र इलेक्टिभ सर्जरी हाललाई स्थगित गर्नु भन्ने परिपत्र गरेबमोजिम वैशाख १६ गतेदेखि इमरजेन्सी बाहेक ओपीडी तथा इलेक्टिभ सर्जरी सेवा बन्द गरिएको उल्लेख गरिएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को दोस्रो लहर कैलालीमा पनि तीव्र रुपमा फैलिरहेकोले प्रतिकुल अवस्थामा सकेसम्म अस्पतालमा नआउन तथा आउनु पर्ने अवस्था सिर्जना भए चिकित्सकहरुसँग परामर्श गरेर आउन जारी गरेको सूचनामा अनुरोध गरिएको छ। 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ३७० नमुना जाँच गर्दा कैलालीका २०२ सहित २२७ जनाको रिपोर्ट पोजेटिभ आएको छ। 

सेती प्रादेशिक अस्पतालमा हाल ५२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। श्रेष्ठका अनुसार अस्पतालमा हाल ३ जनाको भेन्टिलेटर, ८ जनाको आईसीयू, २३ जनाको अक्सिजन सपोर्ट र १८ जनाको अवस्था सामान्य भएकाले साधारण बेडमा राखेर उपचार भइरहेको छ।

प्रकाशित: Apr 28, 2021| 14:28 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।