शुक्रबार, भदौ १२, २०८३

पर्सामा बढी मूल्यमा सामान बेच्नेलाई ५० हजार जरिवाना

निषेध आदेशको पूर्व सन्ध्यामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले उपभोक्ता ठग्ने तीन व्यवसायीलाई जरिवाना तिराएको छ।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

पर्सा- निषेध आदेशको पूर्व सन्ध्यामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले उपभोक्ता ठग्ने तीन व्यवसायीलाई जरिवाना तिराएको छ।

लकडाउनको पूर्व सन्ध्यामा बजारमा भिडभाड बढेको बेला उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम वास्तविक मूल्यभन्दा बढी मूल्य लिई बिक्रि वितरण गरेको पाइएको अधारमा कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा र उद्योग वाणिज्य संघ वीरगंजको संयुक्त अनुगमनले वीरगंज महानगरपालिकाको वडा नम्बर १२ स्थित मुख्य बजारमा पर्ने नमन किराना गल्ला भण्डारलाई ५० हजार रुपैयाँ, त्यसैगरी घण्टाघर अगाडि रहेको रक्षा भण्डारलाई र माँ दुर्गा एण्ड पुनम बस्त्रालयलाई १०/१० हजार रुपैयाँ जरिवाना गराइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख जित बहादुर भण्डारीले बताए।

निषेध आदेशको अवधिभित्र उपभोक्ता ठग्ने, कृतिम अभाव श्रृजना गर्ने, वास्तविक मूल्यभन्दा बढी मूल्य लिई समान बिक्रि वितरण गर्नेलाई कारबाही गरिने प्रशासनले जनाएको छ।

प्रकाशित: Apr 28, 2021| 13:23 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।