शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितले भरियो सेती अस्पताल, आकस्मिकबाहेकका शल्यक्रिया बन्द

कोरोना संक्रमितले भरियो सेती अस्पताल, आकस्मिकबाहेकका शल्यक्रिया बन्द

सेती प्रादेशिक अस्पतालमा आकस्मिकबाहेकका सबै शल्यक्रिया बन्द गरिने भएको छ। 
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

धनगढी- सेती प्रादेशिक अस्पतालमा आकस्मिकबाहेकका सबै शल्यक्रिया बन्द गरिने भएको छ। बुधबार अस्पतालले सूचना जारी गर्दै बिहीबारदेखि आकस्मिकबाहेकका सबै शल्यक्रिया बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो। 

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा हेमराज पाण्डेयले जारी गरेको सूचनामा कैलालीमा निषेध आदेश जारी भएको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार इमरजेन्सीबाहेकका सर्जरी सेवा बन्द गरिएको उल्लेख छ। 

कोभिड–१९ को दोश्रो लहर कैलालीमा पनि तीव्र गतिमा फैलिरहेकोले प्रतिकूल अवस्थामा सकेसम्म अस्पतालमा नआउन र आउनैपर्ने अवस्था सिर्जना भए चिकित्सकसँग परामर्श गरेर आउन सूचनामा भनिएको छ। 

No photo description available.

बुधबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ७० नमुना जाँच गर्दा२२७ जनाको रिपोर्ट पोजेटिभ आएको हो। 

सेती प्रादेशिक अस्पतालमा हाल ५२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। श्रेष्ठका अनुसार अस्पतालमा ३ जना भेन्टिलेटरमा, ८ जनामा आइसियूमा, २३ जना अक्सिजन सपोर्टमा र १८ जनालाई साधारण बेडमा राखेर उपचार भइरहेको छ।

प्रकाशित: Apr 28, 2021| 13:03 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।