सुर्खेत- कोरोना संक्रमणको दर बढ्न थालेपछि जाजरकोटमा पनि निषेध आदेश लागू हुने भएको छ। १८ गते राति १२ बजेदेखि २५ गते राति १२ बजेसम्मका लागि निषध आदेश लागू हुने भएको हो।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाको अध्यक्षतामा बुधबार बसेको कोरोना संटक व्यवस्थापन समिति, सर्वदलीय सर्वपक्षीय र जिल्ला सुरक्षा समितिको बैठकले एक हप्ता निषेध आदेश लागू गर्ने निर्णय गरेको हो।
दुई दिनसम्म अत्यावश्यक उपभोग्य बस्तुहरु खरिद तथा सञ्चित गर्न समय दिएर १८ गतेदेखि निषेध आदेश गर्न लागिएको हो। निषेध आदेश अवधिभर अत्यावश्यक सेवाबाहेका अन्य सेवाहरु भने पूर्णरुपमा बन्द हुनेछन्। जाजरकोटमा हाल ५७ जना सक्रिय संक्रमित छन्।