शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हटस्पट बाँके : संक्रमित स्वास्थ्यकर्मी नै गर्छन् उपचार

हटस्पट बाँके : संक्रमित स्वास्थ्यकर्मी नै गर्छन् उपचार

‘संक्रमित बढ्ने क्रम रोकिएको छैन। पूर्वाधार र जनशक्ति पनि अभाव छ,’ मेसु डा थापाले भने, ‘स्वास्थ्यकर्मीले नै अन्य संक्रमितको उपचार गर्नुपर्नु परेको छ।’ १५ दिनको अवधिमा भेरी अस्पतालका मात्रै ७३ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। 
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

सुर्खेत- कोरोना हटस्पट बनेको बाँकेमा संक्रमित स्वास्थ्यकर्मीले अन्य संक्रमितको उपचारमा खटिनुपरेको छ। ठूलो संख्याका स्वास्थ्यकर्मीहरू एकैपटक कोरोना संक्रमित भएको र अन्य संक्रमितको संख्या पनि बढेकाले संक्रमित स्वास्थ्यकर्मी नै उपचारमा खटिनुपरेको हो।

जनशक्ति अभावका कारण कतिपय संक्रमित स्वास्थ्यकर्मीले नै अन्य संक्रमितको उपचार गर्नुपर्ने बाध्यता रहेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले बताए। ‘संक्रमित बढ्ने क्रम रोकिएको छैन। पूर्वाधार र जनशक्ति पनि अभाव छ,’ मेसु डा थापाले भने, ‘स्वास्थ्यकर्मीले नै अन्य संक्रमितको उपचार गर्नुपर्नु परेको छ।’ १५ दिनको अवधिमा भेरी अस्पतालका मात्रै ७३ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। 

‘बिरामीको चापको अनुपातमा स्वास्थ्यकर्मीको अभाव छ। भएका स्वास्थ्यकर्मी पनि संक्रमित हुनुभयो,’ मेसु डा थापाले भने, ‘जनशक्ति अभावका कारण ५ जना नर्सले एक सय बिरामी हेर्नुपर्ने बाध्यता छ। ’जनशक्ति अभावमा सेवा नै बन्दगर्नुपर्ने अवस्था भएपछि झन्डै १० जना संक्रमित स्टार्फ नर्सहरु बिरामीको उपचारमा खटिँदै आएका छन्। 

अस्पतालमा बेड अभाव भएपछि होम आइसोलेसनमा बस्न आग्रह गरिएको छ। बिरामीको पीडा सहन नसक्ने र अस्पताल आइसोलेसनमै बसेका स्वास्थ्यकर्मीले अन्य संक्रमितलाई उपचार गर्ने गरेका छन्।

भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि १४२ बेड छ। तर बिरामी बढेर २१२ पुगिसकेका छन्। 

तत्काल संक्रमण नियन्त्रणमा आउन नसक्ने भएपछि अस्पतालले डाक्टरसहित ६० जना कर्मचारी माग गरेको छ। फास्टट्याक माध्यमबाट पदपूर्ति गर्ने गरी जनशक्ति माग गरिएको हो। भेरी अस्पतालले सोमबार सूचना प्रकाशित गर्दै तीन दिनभित्र नियुक्ती गर्नेगरी कर्मचारी माग गरिएको छ। उनीहरुलाई करारमा नियुक्त गरिने छ। अस्पतालले स्टाफनर्स ४० जना, मेडिकल अधिकृत १० जना, नर्सिङ अधिकृत २ जना, ल्याब टेक्निसियन ५ जना र एनेस्थेसियोलोजिस्ट ३ जना माग गरेको हो।

प्रकाशित: Apr 28, 2021| 12:17 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।