शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंका सीडीओ भन्छन्– खाद्यान्न स्टक पर्याप्त छ, आत्तिनु पर्दैन

काठमाडौंका सीडीओ भन्छन्– खाद्यान्न स्टक पर्याप्त छ, आत्तिनु पर्दैन

अत्यावश्यक मालवाहक सवारी, अत्यावश्यक कामबाहेक अन्य सवारीलाई प्रवेश गर्न दिइँदैन।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

भोलि (बिहीबार) देखि काठमाडौं, ललितपुर र भक्तपुरमा एक हप्ताको लागि निषेध आदेश जारी गरेका छौं। मुख्यतयाः भीडभाड, जमघट र सभा–सम्मेलन हुन नदिने हो। सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा पूर्णतयाः रोक लगाइनेछ। उपत्यका बाहिरबाट पनि सवारीसाधन छिर्न पाउनेछैनन्। 

अत्यावश्यक मालवाहक सवारी, अत्यावश्यक कामबाहेक अन्य सवारीलाई प्रवेश गर्न दिइँदैन। आवश्यक काममा जाने कर्मचारीलाई सम्बन्धित कार्यालयको पासको आधारमा जान दिने मन्त्रिपरिषद् बैठकको निर्णय छ। त्यहीअनुसार सुरक्षा निकायले काम गर्छ। 

बिहान १० बजेसम्म खाद्य, फलफूल पसल खोल्ने।  बेलुका पनि ५ देखि ७ बजेसम्म दैनिक खोल्न दिइनेछ। 

कोही उपत्यका बाहिर जाने भए दुई दिनको समय दिइएको हो। कोही घर जान छुटेमा यातायात व्यवसायीसँग सल्लाह गरेर केही गर्न सकिन्छ। मिडियाका साथीहरुलाई पनि सुरुमा सूचना विभागको कार्डले मात्रै आवजजावत गर्ने भनिएको थियो। तर पछि मिडिया हाउसको कार्डलाई पनि मान्यता दिने निर्णय भएको छ।

नक्कली कार्ड बोक्ने प्रवृत्ति भएकाले यसमा पनि क्रसचेक हुनेछ। नक्कली कार्ड भेटिए कारबाही हुन्छ। खाद्यान्नका लागि सरकारले व्यवसायीहरुसँग समन्वय गर्छ। खाद्यान्न पर्याप्त स्टक छ, आपूर्ति पनि नियमित भइरहन्छ। उपभोक्ताले आत्तिनु पर्दैन।

(कुराकानीमा आधारित) 
 

प्रकाशित: Apr 28, 2021| 12:17 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।